सहारा क्लब पोखराको संयुक्त बैठक

-


     क्लिक गण्डकी     
     माघ १८ गते २०८० मा प्रकाशित


सहारा क्लब पोखराको संयुक्त बैठक

सहारा क्लब पोखराको संयुक्त बैठक

पोखरा, १८ माघ/ सहारा क्लब पोखराको बिहीबार संयुक्त बैठक सम्पन्न भएको छ । पोखरा रंगशालामा जारी २३ औ आहा रारा पोखरा गोल्डकप अवसरमा पोखरा आएका सहारा युके, सहारा हङकङका अध्यक्षहरु, पदाधिकारीहरु लगायत सदस्यको स्वागत गर्दै संयुक्त बैठक बसेको हो ।

स्व सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा भएको बैठकमा संस्थाको गतिविध एवं भावी योजना लगायतबारे छलफल भएको सहारा क्लब पोखराका अध्यक्ष केशवराज बरालले बताए ।

छलफलमा सहारा युकेका अध्यक्ष कृष्ण गुरुङ, सहसचिव मन्जु गुरुङ राई, पूर्व अध्यक्ष कुसाङ गुरुङ, पञ्च गुरुङ, सल्लाहकार कृष्ण गुरुङ, मुछेत्र गुरुङ, लालकाजी गुरुङ, एफसी फाउन्डर चियरमेन हरिकुमार श्रेष्ठ, सरिता श्रेष्ठ सहभागी थिइन् ।

यस्तै, डाइमन्ड बुद्धिस्ट सेन्टर युके अध्यक्ष एवं सहाराका सल्लाहकार योगेश गुरुङ, कार्यसमिति सदस्य देव गुरुङ, एसके गुरुङ, राम गुरुङ, गमहादुर गुरुङ, यशोदा गुरुङ, अशोक गुरुङ, भोज गुरुङ, मेजर रोज गुरुङ लगायत उपस्थित थिए ।

सहाराका मानार्थ सदस्य महेश गुरुङ, लोक गुरुङ लगायत पनि सहभागी थिए । २०५५ सालमा स्थापित सहारा क्लबको सहारा युके, सहारा हङकङ र सहारा अष्ट्रेलिया शाखा छन् ।

क्लबले पोखरा १७, दोबिल्लामा संचालन गरेको एकेडेमीमा चौंथो ब्याचमा ८ जिल्लाका १४ जना बालक आश्रित छन् । एकेडेमी संचालनका लागि क्लबले बर्सेनि फुटबल प्रतियोगिता गर्दै आएको छ ।

नेपालमा नियमितरुपमा सञ्चालन हुँदै आएको आहारारा पोखरा गोल्डकपको २३ औं संस्करण पोखरा रंगशालामा जारी छ । शनिबार हुने फाइनलमा विभागीय त्रिभुवन आर्मी क्लब र थ्रिस्टार क्लब उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।