टाइगर कपको उपाधि हेत्प नेपाल र एपिएफलाई, फरकउद्दिन र निरुता उत्कृष्ट खेलाडी

-


     क्लिक गण्डकी     
     माघ ६ गते २०८० मा प्रकाशित


टाइगर कपको उपाधि हेत्प नेपाल र एपिएफलाई, फरक र निरुता उत्कृष्ट खेलाडी

टाइगर कपको उपाधि हेत्प नेपाल र एपिएफलाई, फरक र निरुता उत्कृष्ट खेलाडी

पोखरा, ६ माघ/ टाइगर कप भलिबल प्रतियोगिताको उपाधि हेल्प नेपाल स्पोर्टस क्लब र एपिएफ क्लबले जितेका छन् । शनिबार भएको फाइलन खेलमा हेल्प नेपाल स्पोर्टस क्लबले घरेलु टोली गण्डकी प्रदेशलाई ३–१ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

हेल्प नेपालले गण्डकीलाई २५–१३, २५–१८, २४–२६ र २५–१७ सेटमा हरायो । तीन पाकिस्तानी खेलडीका साथ हेल्प नेपाल फाइनमा मैदान उत्रिएको थियो भने गण्डकी ३ भारतीय खेलाडी सहित मैदान उत्रिएको थियो । पहिलो र तेस्रो संस्करणको उपाधि गण्डकीले जितेको थियो ।

महिला तर्फ एपिएफले टाइगर कपको उपाधिमा ह्याट्रिक गरको छ । चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टिमलाई ३–० ले हराउँदै एपिएफले लगातार तेस्रो पटक उपाधि जितेको हो । पोखरा रंगशालाको भलिबल कोर्टमा एपिएफले २५–२०,२५–१८,२५–२१ ले खेल जित्यो ।

महिलातर्फ आर्मी र पुरुषतर्फ एपिएफ तेस्रो भए । आर्मीले शुक्रबार नेपाल पुलिस क्लबलाई हराउँदै तेस्रो भयो भने एपिएफले श्रीलंका आर्मीलाई ३–० ले हराउँदै तेस्रो स्थान प्राप्त गरेको थियो ।

टाइगर ग्रुप अफ पोखराले आयोजना गरेको प्रतियोगिताको महिला र पुरुष दुवै तर्फको विजेता टोलीले समान ५ लाख ५५ हजार ५ सय ५५, दोस्रो हुनेले २ लाख ५५ हजार ५ सय ५५ तथा तेस्रो हुनेले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् । माघ १ गते देखि सन्चालित प्रतियोगिता दुबैतर्फ १/१ विदेशीसहित समान ६ टोलीको सहभागिता भएका थिए ।

चौथो टाइगर कप भलिबलको महिला तर्फ उत्कृष्ट खेलाडी एपिएफकी निरुता ठगुन्ना भइन् भने पुरुष तर्फ हेल्प नेपालका फरकउद्दिन उत्कृष्ट खेलाडी हुन सफल भए । उनीहरुले नगद २५/२५ हजार सहित ट्रफि प्राप्त गरे ।

महिलातर्फ
सर्वोत्कृष्ट – निरुता ठगुन्ना (एपिएफ)
उत्कृष्ट
स्पाइकर– सरस्वती चौधरी (एपिएफ)
सर्भर – बाल्मिका आचार्य (न्यु डायमण्ड)
सेटर – जिस्मिता महतो (एपिएफ)
ब्लकर – सुनिता खड्का (आर्मी)
लिबेरो – सलिना श्रेष्ठ (न्यु डायमण्ड)
प्रशिक्षक – महेश चौधरी (एपिएफ)

पुरुषतर्फ
पुरुषतर्फ– फरकउद्दिन (हेल्प नेपाल)
उत्कृष्ट
स्पाइकर – मजहर अली (हेल्प नेपाल)
सर्भर – हिमाल सुनारी (गण्डकी)
सेटर – मोहम्मद (हेल्प नेपाल)
ब्लकर – रामश्वामी अगामुटो (गण्डकी)
लिबेरो – दीपक थापा (हेल्प नेपाल)
प्रशिक्षक – उत्सव खड्का (हेल्प नेपाल)