टाइगर कप भलिबल प्रतियोगितामा विदेशी टोली श्रीलंकाको विजयी सुरुवात

-


     क्लिक गण्डकी     
     माघ २ गते २०८० मा प्रकाशित


टाइगर कप भलिबल प्रतियोगितामा

टाइगर कप भलिबल प्रतियोगिता

पोखरा, २ माघ/ पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगितामा विदेशी टोली श्रीलंका आर्मी टिमले विजयी सुरुआत गर्दा गरेको छ । पोखरामा जारी प्रतियोगितामा मंगलबार श्रीलंकन टोलीले एपिएफ क्लबलाई ३–१ को सेटमा हराउँदै विजयी यात्रा सुरू गरेको हो ।

पहिलो दिन समूह बीमा एपिएफले नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराएको थियो । समूह को अन्तिम खेलपछि मात्र सेमिफाइनल पुग्ने २ टोलीको टुंगो लाग्नेछ । श्रीलंकाले एपिएफलाई २३–२५, २५–१९,२५–२१ र २५– १३ को सेटमा हरायो ।

समूह ए को खेलमा हेल्प नेपाल स्पोर्टस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हरायो । महिलातर्फ आज भएको खेलमा एपिएफले गण्डकीलाई ३–० ले र आर्मीके भारतको हरियाणा पुलिस टिमलाई ३–२ ले हरायो । समूह ए बाट पुलिस र बी बाट चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टिम सेमिफाइनल पुगिसकेका छन् ।

महिलातर्फ समूह ए मा एपिएफ र पुलिसका साथ घरेलु टोली गण्डकी प्रदेश तथा समूह बी मा त्रिभुवन आर्मी क्लब, चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टिम र भारतीय हरियाणा टिम छन् ।

पुरुषतर्फ सविक विजेता घरेलु टोली गण्डकी, पूर्व विजेता आर्मी र हेल्प नेपाल स्पोर्टस क्लब समूह ए तथा एपिएफ, पुलिस र श्रीलंका आर्मी टिम समूह बी मा छन् ।

महिला र पुरुष दुबैतर्फको विजेता टोलीले ५ लाख ५५ हजार ५ सय ५५, दोस्रो हुनेले २ लाख ५५ हजार ५ सय ५५ तथा तेस्रो हुनेले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।