टाइगर कप भलिबल प्रतियोगितामा एपिएफको दोहोरो जित

-


     क्लिक गण्डकी     
     माघ १ गते २०८० मा प्रकाशित


टाइगर कप भलिबल प्रतियोगितामा एपिएफको दोहोरो जित

टाइगर कप भलिबल प्रतियोगितामा एपिएफको दोहोरो जित

पोखरा, १ माघ/ नेपाल एपिएफ क्लबले पोखरामा सुरु भएको चौथो टाइगर कप भलिबल प्रतियोगिताको पहिलो खेलमा नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गरेको छ ।

समूह बी को खेलमा एपिएफले पुलिसलाई पराजित गर्दै गत साता ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा भोगेको हारको बदला पनि लिएको छ । खेलको पहिलो सेट एपिएफले २५–१९, ३३–३१ र २५–१७ ले जित्दै प्रतियोगितामा ३ जोड्को छ ।

पुरुषतर्फ सविक विजेता घरेलु टोली गण्डकी, पूर्व विजेता आर्मी र हेल्प नेपाल स्पोर्टस क्लब समूह ए तथा एपिएफ, पुलिस र श्रीलंका आर्मी टिम समूह बी मा छन् ।

त्यसअघि पोखरा रंगशालामा भएको महिलातर्फ समूह ए को पहिलो खेलमा नेपाल एपिएफ क्लबले नेपाल पुलिस क्लबलाई पाँचौ सेटमा पराजित गरेको थियो ।

सुरुवाती दुई सेटमा जितेर बलियो स्थितिमा पुगेको एपिएफले त्यसपछि लगातार दुई सेट गुमाउँदा खेल पाँचौ सेटमा पुगेको थियो । तर पाँचौ सेटमा १५–१३ को अन्तरमा जित हासिल गर्दै एपिएफले २ अंक जोड्दा पराजित पुलिसले १ अंक प्राप्त गर्यो ।

दोस्रो खेलमा न्यु डायमन्डले ३–१ को जित दर्ता गर्दै समूहमा ३ अंक जोडेको छ । रिमा कुँवरसँगै कप्तान प्रतिभा माली र युवा स्पाइकर सलिना बुढा मगरले उच्च प्रदर्शन गर्दा डायमन्डको जित सम्भव भएको थियो ।

डायमन्डले २५–२०, २५–१७, २५–२३ र २५–१५ को जित निकाल्दै विजयी सुरुवात गरेको हो । महिलातर्फ समूह एमा एपिएफ र पुलिसका साथ घरेलु टोली गण्डकी प्रदेश तथा समूह बी मा त्रिभुवन आर्मी क्लब, चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टिम र भारतीय हरियाणा टिम छन् ।

महिला र पुरुष दुवै तर्फको विजेता टोलीले ५ लाख ५५ हजार ५ सय ५५, दोस्रो हुनेले २ लाख ५५ हजार ५ सय ५५ तथा तेस्रो हुनेले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।



Tags: