
टाईगर कप राष्ट्रिय तथा अन्र्तराष्ट्रिय भलिवल प्रतियोगितामा २ विदेशी १२ टिम सहभागी हुने
पोखरा, २९ पुस/ पोखरामा सोमबार देखी चौथो संस्करणको टाईगर कप राष्ट्रिय तथा अन्र्तराष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुदैं छ ।
पोखरा रंगशाला भलिबल कोर्टमा हुने प्रतियोगितामा विदेशी सहित महिला तर्फ ६ र पुरुष तर्फ ६ टिम गरि १२ टिमको सहभागीता रहने छ । प्रतियोगिता लिगकम नकआउटको आधारमा हुने छ ।
चौथो टाइगर कपमा पहिलो पटक सहभागिता जनाउन भारत हरियाणा राज्यको महिला पुलिस क्लब पोखरा आउने भएको छ । पुरुषतर्फ श्रीलंकाको आर्मी टिमले सहभागिता जनाउने आयोजक टाईगर गु्रप अफ नेपालका अध्यक्ष नारायण प्रसाद शर्माले जानकारी दिए ।
त्यसै गरी महिलातर्फ न्यू डायमण्ड स्पोर्टस क्लव, आयोजक गण्डकी प्रदेश संगै तीन विभागिय टोली नेपाल पुलिस, नेपाल आर्मी र शसस्त्र प्रहरीको एपिएफ क्लबले सहभागिता जनाउने छन् ।
यस्तै पुरुषतर्फ सहभागि हुने हेल्प नेपाल स्पोर्टस क्लब, आयोजक टिम गण्डकी, र तीन विभागिय टोली नेपाली सेनाको त्रिभुवन क्लव, नेपाल पुलिस क्लव र शसस्त्र प्रहरीको एपिएफ क्लवले सहभागिता जनाउने छन् ।
सशस्त्र प्रहरी बल(एपीएफ) ले नेपाल पुलिस क्लबसँग खेल्दै प्रतियोगिता शुरु हुने छ । महिला तर्फ एपीएफले नेपाल पुलिससँगै प्रतिस्पर्धा गर्ने छन् । गण्डकी प्रदेशको पुरुष र महिला टिममा ३/३ जना भारतीय खेलाडीलाई समावेश गरिएको उनले बताए ।
भारतीय राष्ट्रिय टिमका टिम कप्तान बिनितकुमार चौधरी समेत छन् ।
हेल्प नेपाल स्पोटर्स क्लबबाट पाकिस्तानी राष्ट्रिय टिमका भाईस कप्तानमोहमद कासिब सहित ३ जना पाकिस्तानी खेलाडीहरु सहभागी रहेका छन् । भारतको हरियाणा महिला टिमको नेत्तृव भारतीय राष्ट्रिय महिला टिम कप्तान मिनीमोल अब्राह्रमले गर्ने पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
प्रतियोगिता विजेता दुवै समुह महिला/पुरुष तर्फका टिमहरुलाई पाँच लाख ५५ हजार पाँच सय ५५ पचपन्न रुपैयाँ प्रदान गरिने छ । द्धितीय पुरस्कार दुई लाख २५ हजार पाँच सय पचपन्न र तीतृय पुरस्कार एक लाख २५ हजार पाँच सय पचपन्न रहेको छ । सर्वोत्कृष्ट खेलाडीलाई नगद २५ हजार शिल्ड, मेडल र प्रमाण–पत्र प्रदान गरिने छ ।
बिधागत तर्फ विजेता खेलाडीलाई आकर्षक जुत्ता उपहार प्रदान गर्ने आयोजकले जनाएको छ । प्रत्येक म्याचमा टाइगर अफ दि म्याच हुन सफल खेलाडीलाई केल्मी नेपालको तर्फबाट एक थान सोभिनियर भलिबल प्रदान उनले बताए ।
