पोखरामा जुवातास खेल्दै गरेका ९ जना पक्राउ

-


     क्लिक गण्डकी     
     पौष २९ गते २०८० मा प्रकाशित


जुवा तास

जुवा तास

पोखरा, २९ पुस/कास्की पोखरा महानगरपालीका वडा नम्बर ८ न्यूरोडमा जुवातास खेलीरहेका ९ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले जुवातास खेली रहेको अवस्थामा ४ बुक तास र नगद १ लाख २२ हजार १ सय ७५ रुपैया सहित ९ जनालाई पक्राउ गरेको हो ।

उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर (जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने) सम्बन्धी मुद्दामा दिन दश दिनको म्याद थप गरी अनुसन्धान भईरहेको कास्की प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा पोखरा ८ न्युरोडकी दिपा पुन, पोखरा १ बगरका जित बहादुर गुरुङ, पोखरा ११ की दिप्लव चोचाङ्गी र तिर्थ बहादुर गुरुङ, पोखरा १८ साराङकोटकी पवित्रा ढकाल, पोखरा १७ बिरौटाकी आईती गुरुङ र नबिन थापा, पोखरा १० का अमर खनाल र पोखरा १४ का कुल बहादुर गुरुङ रहेका छन् ।



Tags: