केपी ओली कप टि–२० क्रिकेटः नेपाल आर्मी विजयी शुरुवात

-


     क्लिक गण्डकी     
     मंसिर ११ गते २०८० मा प्रकाशित


केपी ओली कप टि–२० क्रिकेटः नेपाल आर्मी विजयी शुरुवात तस्विरः योगेन्द्र श्रेष्ठ

केपी ओली कप टि–२० क्रिकेटः नेपाल आर्मी विजयी शुरुवात तस्विरः योगेन्द्र श्रेष्ठ

पोखरा, ११ मंसिर/ पोखरामा जारी केपी ओली कप टि–२० क्रिकेट प्रतियोगितामा विभागिय टोली नेपाल आर्मी क्लबले बिजयी शुरुवाता गरेको छ । आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी निलोलाई ११० रन अन्तरले जित दर्ता ग¥यो ।

नेपाल आर्मीलाई टस जितेर व्याटिङको निम्तो दिएको आयोजक निलो विरुद्ध आक्रमक प्रस्तुत भएको आर्मीले २० ओभर खेल्दै ६ विकेटको क्षतीमा १९५ रन बनाएको थियो ।

नेपाल आर्मीका लागि पारिको सुरुवात गरेका सन्तोष कार्कीले ३५ वलमा ७ चौका प्रहार गर्दै टिमका लागि सर्वाधिक ४१ रन बनाए । उनी धवन सहनीको बलमा आउट भए । त्यस्तै विनोद भण्डारीले २४ बलमा तिन चौका र तिन छक्काको मद्धतले ३८ रन बनाउँदै शुभम खनालको बलमा पििेभलियन फर्के ।

आर्मीका लागि कुशल मल्लले २५ रनको योगदान दिंदा वाशिर अहमदले २३ रन र रोहित पौडेलले १२ बनाए । त्यस्तै सन्दिप रजाली र भिम सार्कीले समान ६–६ रन बनाउँदै नट आउट रहे । आयोजक निलोका लागि मेहुल श्रेष्ठले २ विकेट लिए भने शुभम खनालले १ विकेट लिए ।

१९६ रनको रन पछ्याएको आयोजक निलो १५.४ ओभरमा ८५ रनमा समेटियो । आर्मीका लागि १.४ ओभर वलिङ गरेका कुशल मल्लले २ रन दिएर तिन विकेट लिए । उनले आयोजक निलोका लागि १० रन बनाएका सिमोन रोय, २ रन बनाएका कुशल रुपाखेती र डायमण्ड मण्डललाई सून्य रनमा पेभिलिएनको बाटो देखाए ।

आयोजक निलोका लागि निर्भिक पाठकले २८ रन बनाउँदै रन आउट हुन पुगे । रणविर यादवले १६ रनको व्यक्तिगत योगदान दिंदा ओपनर रोनिम तिवारीले १५ रन बनाए ।

आर्मीका लागि जितेन्द्र मुखिया र शाहव आलमले समान २–२ विकेट लिए भने रोहित पौडेल र विवेक यादवले समान १–१ विकेट लिए । खेलमा नेपाल आर्मीका कुशल मल्ल म्यान अफ दि म्याच घोषित भए ।

मंगलबार पहिलो खेल सुदुर पश्चिम र नेपाल पुलिस क्लब, दोश्रो खेल कोशी प्रदेश र नेपाल आर्मीका विच हुनेछ ।