केपी ओली कपः सुदूरपश्चिम प्रदेशलाई मधेस प्रदेशले ८ विकेटले हरायो

-


     क्लिक गण्डकी     
     मंसिर ११ गते २०८० मा प्रकाशित


केपी ओली कपः सुदूरपश्चिम प्रदेशलाई मधेस प्रदेशले ८ विकेटले हरायो

केपी ओली कपः सुदूरपश्चिम प्रदेशलाई मधेस प्रदेशले ८ विकेटले हरायो

पोखरा, ११ मंसिर/ केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले हराएको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको ५८ रनको लक्ष्य मधेस प्रदेशले ४ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा ग¥यो ।

मधेसकाका लागि अनिल शाह २५ रन, इम्रान शेखल र पवन सराफले १७/१७ रन बनाए । बलिङमा सुदुरपश्चिमका गजेन्द्र बोहराले २ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले १५ ओभर ५ बलमा ५८ रनमा समेटियो । सुदूरपश्चिमलाई सस्तोमै समेट्न हरिशंकर शाहले ४ र रुपेश सिंहले ३ विकेट लिए ।

विशाल पटेल, प्रदीप पासवान र विशाल सुश्लिङले १–१ विकेट लिए । सुदूरपश्चिमका नरेन शाउदले १८ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । जितसँगै समूह सीमा मधेस प्रदेश र नेपाल पुलिस क्लबको २–२ अंक भएको छ ।

मधेससँग हारेको सुदूरपश्चिम अंकविहीन छ । मंगलबार हुने सुदूरपश्चिम र पुलिसबीचको खेलले सेमिफाइनलमा पुग्ने टोलीको टुंगो लाग्नेछ । यसअघि शसस्त्र प्रहरी बल (एपीएफ) र बागमती प्रदेश सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । आजको अर्को खेल नेपाल आर्मी र आयोजक निलो बिच हुनेछ ।



Tags: