
माछापुच्छ्रे बैंकको अध्यक्षमा पोखराका रोशन केसी नियुक्त
पोखरा, ७ मंसिर/ माछापुच्छ्रे बैंकको अध्यक्षमा पोखराका रोशन केसी नियुक्त भएका छन् । डा. उपेन्द्र महतोले अध्यक्ष पदबाट राजीनामा दिएपछि केसी नियुक्त भएका हुन् ।
मंसिर ७ गते उनले बैंकको सञ्चालक समितिमा राजीनामा दिएका हुन् । उनी गैरआवासीय नेपाली संघ (एनआरएन)का संस्थापक समेत हुन् ।
उनको राजीनामा समितिले स्वीकृत गरेर केसिलाई नियुक्त भएको हो । केसी पोखरा महानगरपालिका–७ का स्थायी बासिन्दा केसी विभिन्न व्यवसायमा संलग्न रहेका छन् ।





