पोखरामा कर सप्‍ताह कार्यक्रम शुरु, नलबहादुर सम्मानीत

-


     क्लिक गण्डकी     
     मंसिर १ गते २०८० मा प्रकाशित


पोखरामा कर सप्‍ताह कार्यक्रम शुरु, नलबहादुर सम्मानीत

पोखरामा कर सप्‍ताह कार्यक्रम शुरु, नलबहादुर सम्मानीत

पोखरा, १ मंसिर/ आन्तरिक राजस्व कार्यालय पोखराले बिभिन्‍न कार्यक्रमहरूको आयोजना गरी राष्ट्रिय कर दिवस तथा कर सप्‍ताह कार्यक्रम २०८० शुरु भएको छ ।

“स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासनः सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन” भन्ने नाराका साथ राष्ट्रिय कर दिवस मंसिर १ देखि ७ गतेसम्म विभिन्न कार्यक्रमका गरेर माउदै छ ।

पहिलो दिन करदाता नल बहादुर गुरुङलाई पहिलो सेवा लिने करदाताका रूपमा आन्तरिक राजस्व कार्यालय पोखराले सम्मान गरेको छ।

करदातालाई सम्मान तथा कर सप्‍ताह कार्यक्रमको शुभारम्भ गर्दै आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव शर्माले कर कानूनको पालना गरी राजस्व संकलनमा योगदान गर्नु हुने करदाताप्रति हार्दिक आभार व्यक्त गरे । उनले कर प्रशासन र करदाताबिचको सम्बन्धलाई थप सुदृढ बनाउँदै लगिने प्रतिबद्धता समेत व्यक्त गरे ।

कार्यालयबाट कर दिवस तथा कर सप्‍ताह कार्यक्रमको अवसरमा करदाता शिक्षा कार्यक्रम, कर सम्बन्धि जनचेतनामूलक कार्यक्रम, आर्थिक ऐनमा भएका कर छुट तथा संशोधित कर कानूनको बारेमा करदातालाई सुसूचित गर्ने लगायतका विभिन्‍न कार्यक्रमहरू संचालन हुने छन्।

राष्ट्रिय कर दिवस तथा कर सप्ताह समापन कार्यक्रम अन्तर्गत यहीँ मंसिर ७ गते उत्कृष्ट करदाताहरूलाई सम्मान गर्ने तथा उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको छ।

आन्तरिक राजस्व कार्यालय पोखराले कार्तिक मसान्त सम्ममा राजस्व संकलन लक्ष्यको १ सय १ दशमलव २४ प्रतिशत राजस्व संकलन गर्न सफल भएको छ ।

कार्यालयको ६ अर्ब ३९ करोड ४६ लाख ८१ हजार राजस्व संकलन गर्ने वार्षीक लक्ष्य रहेकोमा कात्तिक मसान्त सम्ममा १ अर्ब ३७ करोड ८९ लाख २४ हजार राजस्व संकलन गरेको छ ।