
नेपाल आयल निगम पोखरा झेल
पोखरा, ३० साउन/ नेपाल आयल निगमले मंगलबार राति देखी पेट्रोलियम पदार्थको मुल्य बढाएको छ । निगमले पेट्रोलमा ५ रुपैयाँ, डिजेल र मट्टितेलमा १४ रुपैयाँ बढाएको छ ।
अब पेट्रोलको मूल्य प्रतिलिटर पहिलो वर्गमा १७५ रुपैया ५० पैसा, दोस्रो वर्गमा १७७ र तेस्रो वर्गमा १७८ रुपैयाँ पुगेको छ । त्यस्तै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा १६४ रुपैया ५० पैसा, दोस्रोमा १६६ र तेस्रो वर्गमा १६७ रुपैयाँ कायम भएको छ ।
एलपी ग्यासको मूल्य भने प्रतिलिण्डिर १६६० मै कायम रहेको छ । पोखरामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७८, डिजेल र मट्टितेलको मूल्य १ सय ६७ पुगेको छ ।






