रोचक बन्दै लेखनाथ उद्योग वाणिज्य संघको निर्वाचन, नेतृत्वमा होडवाजी, दुई समूहमा ध्रुविकरण, आफ्नैबाट विश्वास छैन उम्मेदवारलाई

-


     क्लिक गण्डकी     
     श्रावण १८ गते २०८० मा प्रकाशित


लेखनाथ उद्योग वाणिज्य संघ

लेखनाथ उद्योग वाणिज्य संघ

पोखरा, १९ साउन/ लेखनाथ उद्योग बाणिज्य संघको आगामी नयाँ नेतृत्वका लागि विभिन्न माध्यमबाट उम्मेदवारी घोषणा गर्नेक्रमले प्रतिस्प्र्धा चर्को हुने देखिएको छ । संघको भदौ २२ र २३ गते हुने अधिवेशनबाट आगामी दुई बर्षका लागि नयाँ नेतृत्व चयन हुँदैछ ।

संघको नयाँ नेतृत्वको लागि अहिलेसम्म भरतकुमार अधिकारीले अध्यक्ष पदमा उम्मेदवारीनै घोषणा गरेर मतदाताको घरदैलोमा पुगेर निर्वाचन अभियानलाई तिव्रता दिएका छन् । संघको बरिष्ठ उपाध्यक्षका रुपमा रहेका र अध्यक्षको स्वभाविक दावेदार मानिएका विनोद श्रेष्ठले अध्यक्षमा उठ्ने औपचारिक घोषणा नगरेपनि घरदैलो र मतदाता भेटघाटलाई भने तिब्रता दिएका छन् ।

अध्यक्ष पद्मा सामाजिक सञ्जाल मार्फत नेत्रपाणि बास्तोला, शैलेन्द्र मोहन भट्टराई, दयाराम तिवारी र धिरज कुमार श्रेष्ठले आफुलाई प्रस्तुत गरेका छन् । उनिहरु मध्ये केहीको अर्केले उम्मेदवारी घोषणा गरिदिएका छन् भने केहीले आफु निकटका शुभचिन्तकको सामाजिक संजाललाई प्रयोग गरेर अध्यक्षको उम्मेदवार घोषणा गरेका छन् । अर्केले उम्मेदवारी घोषणा गरिदिएका यि उम्मेदवार अध्यक्ष नै बन्छु भनेर घरदैलोमा भने पुगेका छैनन् ।

संघको यसपटक बरिष्ठ उपाध्यक्ष र प्रथम उपाध्यक्षमा रोचक प्रस्पिर्धा देखिएको छ । संघको सदस्य देखी कोषाध्यक्ष, द्धितिय उपाध्यक्ष, प्रथम उपाध्यक्ष हुँदै बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका राजेन्द्र ओझा र उनलाई यसअघि सदस्य हुँदै महासचिवमा पराजित भएका ऋषिराम जमरकट्ेलले चुनौती दिएका छन् । यी दुवै उम्मेदवार एकैठाउँ पोखरा महानगरपालिका वडा नं. ३० शिशुवा निवासी हुन् । व्यवसायका हिसावले पनि दुवै जना हार्डवयर व्यवसायी र अझ राजनितिक आस्थाका आधारमा पनि दुवै जना बामपन्थी हुन ।

यसैगरी प्रथम उपाध्यक्षमा पनि कडा र रोचक प्रतिस्पर्धा हुने देखिएको छ । संघको प्रथम उपाध्यक्षमा वर्तमान कार्यसमितिको द्धितिय उपाध्यक्षका रुपमा रहेका गोपिचन्द्र बास्तोला र महासचिव रहेका उपेन्द्र सुवेदी राजुले दावा गरेका छन्् । यि दुवै उम्मेवदार पनि शिशुवा निवासी हुन । राजनितिक रुपले बास्तोला माओवादी निकट हुन भने सुवेदी प्रजातान्त्रिक धार निकट मानिन्छन् ।

संघको यस पटकको नेतृत्वका लागि भरत कुमार अधिकारी प्यानल र विनोद कुमार श्रेष्ठ प्यानलका रुपमा अघि बढ्ने उम्मेदवारी घोषणाले स्पष्ट संकेत दिएको छ । अधिकारी प्यानलमा बरिष्ठ उपाध्यक्षमा ऋषिराम जमरकट्टेल, प्रथम उपाध्यक्षमा उपेन्द्र सुवेदी राजु, द्धितिय उपाध्यक्षमा बिक्रम कर्माचार्य, महासचिवमा जानुका अधिकारी, उपमहासचिवमा भरत ओझा र कोषाध्यक्षमा धु्रवबाबु भट्टराई पदाधिकारीमा देखिएका छन् ।

यसैगरी श्रेष्ठ प्यानलमा बरिष्ठ उपाध्यक्षमा राजेन्द्र ओझा, प्रथम उपाध्यक्षमा गोपिचन्द्र बास्तोला, द्धितिय उपाध्यक्षमा मेनुका श्रेष्ठ, महासचिवमा जीवन तिवारी, उपमहासचिवमा रामजी पौडेल वा भिमबहादुर नेपाली मध्ये एक जना र कोषाध्यक्षमा पुष्पमणि भण्डारी उम्मेदवार हुने अहिलेसम्मका उम्मेदवारी घोषणाले देखाएको छ । पदाधिकारीमा समिकरण परिवर्तन भएमा केही पदहरुको उम्मेदवारी तलमाथि हुन सक्ने श्रोतले बतायो ।

अध्यक्षको उम्मेदवारी घोषणा गरेका अधिकारी यसअघि सदस्य, दुईपटक उपमहासचिव र एकपटक महासचिव एवं सल्लाहकारका रुपमा संघमा भूमिका निर्वाह गरिसकेका छन् भने श्रेष्ठले सदस्य हुँदै द्धितिय उपाध्यक्ष, प्रथम उपाध्यक्ष र बरिष्ठ उपाध्यक्षको भूमिका निर्वाह गरिसकेका छन् । आगामी अध्यक्षमा दावा गरिरहेका अधिकारी र श्रेष्ठ अघिल्लो निर्वाचनमा बरिष्ठ उपाध्यक्षमा प्रतिस्पर्धा गरेका थिए भने अधिकारी २७ मतले पराजित भएका थिए ।

संघको सदस्य पदमा भने झण्डै दुईदर्जनले आकांक्षा प्रस्तुत गरेका छन् । यी सबैले सामाजिक संजाल मार्फत उम्मेदवारी घोषणा गरेका छन् । सदस्यमा केही पुराना अनुहार र नयाँ अनुहारले उम्मेदवारी घोषणा गरेका छन् । केहीले चर्चा कमाउनका लागि र केहीले संघको नेतृत्वमा पुगेर योगदान दिन सक्ने गरी काम गर्ने भन्दै उम्मेदवारी घोषणा गरेको देखिन्छ ।

संघको यस निर्वाचनले राजनितिकि रुपमा पनि पूर्वअध्यक्षहरुलाई ध्रुविकरणमा लैजाने देखिएको छ । प्रजातान्त्रीकवादी र बामपन्थि खेमाका गरेर पूर्व अध्यक्षहरु पनि विभाजित हुने संकेत निर्वाचनले देखाएको छ । तर संघका सदस्यहरुले पाईपलाईन, सिण्डीकेट वा राजनितिक भन्दा पनि व्यवसायीको मर्का बुभ्ने, राजस्व नीति, आर्थिक बिषय र समग्र अर्थतन्त्रको कुरा बुझेर अभ्यास गर्न सक्ने र संघको नेतृत्व हाम्रो हो र यसले हाम्रो कुरा सम्वन्धित निकायमा राख्न सक्छ भन्ने उम्मेदवार आउनु पर्नेमा जोड दिएका छन् ।