
नेपाल आयल निगम
पोखरा, १६ साउन/ नेपाल आयल निगमले मंगलबार राति देखी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलमा ९ रुपैयाँ, डिजेल र मट्टितेलमा ७ रुपैयाँ बढाएको छ ।
त्यस्तै एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १ सय ३० रुपैयाँ घटाएको छ । भारतबाट मूल्य बढेर आएका कारण बढाइएको आयल निगमले जानकारी दिएको छ ।
अब पेट्रोलको मूल्य प्रतिलिटर पहिलो वर्गमा १७०, दोस्रो वर्गमा १७२ र तेस्रो वर्गमा १७३ रुपैयाँ पुगेको छ । त्यस्तै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा १५०, दोस्रोमा १५२ र तेस्रो वर्गमा १५३ रुपैयाँ कायम भएको छ ।
एलपी ग्यासको मूल्य भने प्रतिलिण्डिर १६६० मा झरेको छ । पोखरामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७३, डिजेल र मट्टितेलको मूल्य १ सय ५३ पुगेको छ ।





