गण्डकी प्रदेशको अधिबेशन जेठ १२ गते देखि

-


     क्लिक गण्डकी     
     जेठ ११ गते २०८० मा प्रकाशित


गण्डकी प्रदेशसभा

गण्डकी प्रदेशसभा

पोखरा, ११ जेठ/ गण्डकी प्रदेश सभाको बजेट अधिबेशन जेठ १२ गतेबाट शुरु हुने भएको छ । गण्डकी प्रदेश सरकारको सिफारिसमा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिवेशन आह्वान गरेका हुन् ।

जेठ १२ गते अर्थमन्त्री जीतप्रकाश आलेले आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने छन् । बैशाख १४ गते नियुक्त भएर १५ गते मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका थिए भने २१ विश्वासको मत लिएका थिए ।

अहिले सरकार नीति तथा कार्यक्रम र बजेटको तयारीमा जुटेको छ । चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले ३५ अर्ब ९० करोडको बजेट प्रस्तुत गरेर कार्यान्यनमा रहेको छ ।

संघ सरकारबाट अनुदान कम आउनु, राजस्व घट्दा आगामी वर्षको बजे घट्ने देखिएको छ ।



Tags: