फुटबलका पूर्व राष्ट्रिय खेलाडी डम्बरसिंह गुरुङको निधनले अपुरणीय क्षति

-


     क्लिक गण्डकी     
     चैत्र १० गते २०७९ मा प्रकाशित


डम्बरसिं गुरुङ

डम्बरसिं गुरुङ

पोखरा, १० चैत/ फुटबलका पूर्व राष्ट्रिय खेलाडी डम्बरसिंह गुरुङको असामयिक निधनले सहारा क्लब पोखरा परिवार स्तब्ध भएको जनाएको छ । पोखरा ३, नदीपुर निवासी ७१ वर्षीय गुरुङको निधनले पोखराको खेलजगतमा अपुरणीय क्षति पुगेको क्लबले विज्ञप्ती जारी गरेको छ ।

सहारा क्लब पोखराद्वारा संचालित सहारा एकेडेमीमा सुरुआति ६ वर्ष सम्म निःशुल्क रुपमा प्रशिक्षक भई सहयोग गर्नुभएका गुरुङलाई हामी सधैं सम्झिरहने छौं । साहारा क्लबको विज्ञप्तीमा भनिएको छ । शोकको यस दुखद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजन प्रति धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भनी हार्दिक समवेदना समेत व्यक्त गर्दछौं ।

ब्रिटिस आर्मीमा कार्यरत हुँदै राष्ट्रिय खेलकुद परिषदको बिषेश अनुरोधमा नेपालको राष्टिय फुटबल टिमबाट सन् १९७४ मा यु–१९ को टिमबाट फुटबल खेल्नुभएका गुरुङ सन् १९८२ मा उहाँ खेलेको आरसिटी क्लब राष्ट्रिय लिगमा लिग च्याम्पियन समेत बनेका थियो ।

ब्रिटिस आर्मीबाट सेवा निवृत्त भएपछि सन् १९६६ मा नेपालको यु–१४ र यु–१६ को कोचको समेत उहाँले जिम्मेवार सम्हाल्नुभएको थियो । उहाँ सशस्त्र प्रहरी बलको एपिएफ टिम र त्रिभुवन आर्मी क्लबको प्रशिक्षक समेत बन्नुभएको थियो । उहाँका श्रीमती, १ छोरा र ३ छोरी छन् । वहाँको पारिवारीक श्रोतका अनुसार उहाँको शनिवार पोखरामा अन्यष्टि गरिने भएको छ ।



Tags: