मिडियाले ओलीलाई प्रहार गरी राष्ट्रिय स्वाधिनतामा आक्रमणः मुख्यमन्त्री अधिकारी

-


     क्लिक गण्डकी     
     फागुन २० गते २०७९ मा प्रकाशित


मिडियाले ओलीलाई प्रहार गरी राष्ट्रिय स्वाधिनतामा आक्रमणः मुख्यमन्त्री अधिकारी

मिडियाले ओलीलाई प्रहार गरी राष्ट्रिय स्वाधिनतामा आक्रमणः मुख्यमन्त्री अधिकारी

पोखरा, २० फागुन/ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सञ्चार माध्यमले एमाले अध्यक्ष केपि ओलीलाई प्रहार गरेर राष्ट्रिय स्वाधिनतामाथि आक्रमण गरिरहेको बताएका छन् । प्रेस क्लब गण्डकीको शनिबार पोखरामा भएको अधिवेशनको उद्घाटन गर्दै अधिकारीले केपी ओलीलाई लक्षित गरी राष्ट्रिय स्वाधिनतामा आक्रमण भइरहेको बताए ।

उनले मिडियाले सबै भन्दा बढि ओलीलाई प्रहार गरेको बताउदै देशलाई अस्तिरता तर्फ लैजान खोजेको बताए । उनले देशमा अस्तिरता आउदा राजनीति, व्यवस्था, पत्रकारीता केही पनि बलियो नहुने बताए । प्रणाली बलियो नहुँदा सञ्चार जगत ज्ञानेन्द्रकालीन तानाशाहको आक्रमणमा परेको उनको भनाई थियो ।

मुख्यमन्त्री अधिकारीले सञ्चार जगतमा राष्ट्रिय लगानी हुनुपर्नेसमेत बताए । लगानी कहाँबाट र कसले ग¥यो भन्ने नखुल्दा स्वार्थ बाझिने गरेको बताए । उनले नेपाली भाषामै लेखेको छ, सम्पादकको नाम नेपाली नै भएपनि लगानी कहाँबाट छ त्यही अनुसार स्वार्थमा प्रयोग हुने गरेको बताए । उनले नागरिकता राज्यको अधिकारको विजयी भएको बताए । दुई भिमकाय देशीको विचमा रहेको नेपालले आज आएर आजै नागरीकता दिन नसक्ने बताए । कुनै देशले आजको आजै नागरिकता दिने व्यवस्था नगरेको बताए ।

कार्यक्रममा भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री हरिबहादुर चुमानले सभ्य समाजको निर्माण भएमा पत्रकारितको महत्व बढ्दै जाने बताए । त्यसै गरी गण्डकी प्रदेश सभा सदस्य बिन्दुकुमार थापाले पत्रकारले समाजको विकृती विसंगती चिर्नुपर्ने आवश्यता औंल्याए ।



Tags: , ,