चितवन २ मा वैशाख १० गते उपनिर्वाचन हुने

-


     क्लिक गण्डकी     
     माघ २९ गते २०७९ मा प्रकाशित


निर्वाचन चुनाब

निर्वाचन चुनाब

पोखरा, २९ माघ/ निर्वाचन आयोगले चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ ।

निर्वाचन आयोगको आइतबार बसेको बैठकले वैशाख १० गते आइतबार चितवन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।

चितवन–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि पद रिक्त भएपछि आयोगले उपनिर्वाचनको मिति तोकेको हो ।



Tags: ,