मदरल्यण्डमा त्रिदिवसीय वार्षिक सांस्कृतिक कार्यक्रम शुरु

-


     क्लिक गण्डकी     
     माघ १४ गते २०७९ मा प्रकाशित


मदरल्यण्डमा त्रिदिवसीय वार्षिक सांस्कृतिक कार्यक्रम शुरु

मदरल्यण्डमा त्रिदिवसीय वार्षिक सांस्कृतिक कार्यक्रम शुरु

पोखरा, १४ माघ/ पोखराको मदरल्याण्ड माध्यमिक विद्यालयको त्रिदिवसीय सांस्कृतिक कार्यक्रम शुक्रबार देखी शुरु भएको छ । किताबको सैद्धान्तिक ज्ञानलाई व्यवहारसँग जोड्ने उद्देश्यका साथ आयोजित कार्यक्रमको उद्घाटन सत्रमा कक्षा नर्सरीदेखि कक्षा तीनसम्म विद्यार्थीले प्रस्तुती गरेको छ ।

कार्यक्रममा शिक्षक तथा अभिभावकको सामान्य सहयोगमा विद्यार्थी आफैंले तयारी गरेका समाजका सापेक्षतामा विभिन्न जातजातिका संस्कृति झल्कने एवम् जीवनोपयोगी सन्देश दिने गीत, नाटक, भजन, कविता, नृत्य तथा प्रहसनहरू प्रस्तुत गरिएका थिए।

तीन दिनसम्म चल्ने कार्यक्रमको उद्घाटन गदैै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले देशकै गुणस्तरीय शैक्षिक धरोहर बनेको मदरल्याण्डले भाषा, साहित्य, कला जस्ता विधागत क्षेत्रहरूको उच्च सम्मान गरी गण्डकी प्रदेशमै उच्च रहेको बताए । परिवर्तित समाज सुहाउँदो समसामयिक शिक्षा प्रदान गर्ने विषयमा विद्यालयले देशमै ठुलो योगदान पुर्याएर सबै क्षेत्रबाट सर्वोत्कृष्ट भएकामा बधाई दिँदै विद्यालयको उत्तरोत्तर प्रगतिको शुभकामना दिए ।

कार्यक्रममा विद्यालयका निर्देशक त्रिभुवन शर्माले विद्यालयको सम्मानित विगत स्मरण गर्दै यहाँसम्म ल्याउनका लागि प्रयत्नरत सम्पूर्ण अभिभावक, शिक्षककर्मचारी तथा शुभचिन्तकहरूलाई आभारका साथ धन्यवाद व्यक्त गरे। विश्वव्यापी प्रतिस्पर्धामा मदरल्याण्डका विद्यार्थीहरूले सजिलै प्रतिस्पर्धा गर्न सकेको उनको भनाई छ ।

यस अवसरमा विद्यालयभन्दा बाहिरका शिक्षा तथा सहकार्यकलाप अन्तर्गतका कार्यक्रममा उत्कृष्ट स्थान एवम् तह पूरा गरेका विद्यार्थी र पूर्व विद्यार्थीहरू कुसुम रेग्मी, रोशनी अधिकारी, सजना भट्टराई, भीषणकृष्ण श्रेष्ठ, सन्देश पोख्रेल, अस्मिता भण्डारी, निर्देशिका तिवारी, प्रकृति थापा, कुसुम सुवेदी, प्रसुन पराजुली, आलोक पोडेल, ग्लिम्प्स पाण्डे, निरज पन्थी, रोशन पौडेल, एन्जल नेपाली, आयुष्मा नेपाल, सन्दीप ढकाल, सन्दीप रावत, श्रीया थापा, विनायक बाँस्तोला, अभिक कर्ण, सुजन तिमिल्सिना, समीपचन्द्र घिमिरे, प्रसिल लामिछाने, दीपक पाण्डे, सुशील पौडेल, एल्बिना बराल, अछेता दाहाल, सलिना गुरुङ, कृपा बराल, विवेश बराल, बामदेव पराजुली र सरोज खनाललाई मायाको चिनो, माला र दोसल्लाले समान गरिएको विद्यालयका सहकार्यकलाप प्रमुख तथा कार्यक्रम संयोजक सुनिल सुवालले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमनारायण पोखरेलको सभापतित्वमा आयोजित कार्यक्रममा प्रावि इन्चार्ज केशु शर्मा र अङ्ग्रेजी विभागका प्रमुख बामनकुमार घिमिरे र कक्षा नर्सरीदेखि तीनसम्मका विद्यार्थीहरूले सञ्चालन गरेका थिए।



Tags:

This will close in 10 seconds