यती विमान दुर्घटनाः थप एक जनाको शव फेला, पोखरामा २२ पोस्टमार्टम

-


     क्लिक गण्डकी     
     माघ ३ गते २०७९ मा प्रकाशित


दुई दम्पती जहाज दुर्घटना परेपछि, हेमजा शोकमा

दुई दम्पती जहाज दुर्घटना परेपछि, हेमजा शोकमा

पोखरा, ३ माघ/ यती एयरको विमान दुर्घटनामा परि हराइरहेका थप एक जनाको शव फेला परेको छ । एक जनाको अझै बेपत्ता छन् ।

मंगलबार विमान दुर्घटनास्थलबाट करिब ७ सय मिटर तल एउटा शव भेटिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए । ७२ जना यात्रु मध्ये ७१ जनाको शव भेटिएको उनले बताए ।

७१ जनामध्ये २२ जनाको शव पोखरामा पोस्टमार्टम गरेर उनका आफ्न्तलाई बुझाएको शाहीले बताए । बाँकी ४८ जनाको शव पोस्टमार्टका लागि मंगलबार बिहान काठमाडौं पठाउने छ ।



Tags: