सन्दीप लामिछानेलाई धरौटीमा छाड्न उच्च अदालत पाटनको आदेश

-


     क्लिक गण्डकी     
     पौष २८ गते २०७९ मा प्रकाशित


सन्दीप लामिछाने

सन्दीप लामिछाने

ललितपुर, २८ पुस/ नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ । उनीमाथि नाबालिगलाई बलात्कार गरेको आरोप थियो ।

जिल्ला अदालत काठमाडौंले उनलाई थुनामै राखेर बलात्कार सम्बन्धी मुद्दामा कारबाही अघि बढाउने भन्दै गरेको आदेश विरूद्ध सन्दिपले उच्च अदालत पाटनमा निवेदन दिएका थिए ।

निवेदनमा न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको हो । इजलाशले उनलाई २० लाख धरौटीमा छाड्न आदेश दिएका छन् । भोलि २० लाख बुझाएर छुट् उनका वकिलले बताए ।

गत कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतमा दुवै पक्षको बहसपछि सन्दीपलाई थुनामा पठाउन आदेश दिइएको थियो ।

यसअघि बलात्कार आरोपित क्रिकेटर लामिछानेबाट पीडित किशोरीको जन्म सम्बन्धी प्रमाण झिकाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको थियो ।



Tags: