महान् फुटबलर पेलेको निधन

-


     क्लिक गण्डकी     
     पौष १५ गते २०७९ मा प्रकाशित


पेले

पेले

एजेन्सी/ फुटबललाई फुटबल भनेर चिनाउन सफल स्टार पेलेको निधन भएको छ । ८२ वर्षका उनको अल्बर्ट आइन्स्टाइन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

उनी क्यान्सर तथा मिर्गौला र मुटुसँग सम्बन्धित समस्याबाट पीडित थिए । तीन पटक ब्राजिललाई विश्व कपको उपाधि दिलाउन योगदान पु¥याएका पेले गएको महिनादेखि अस्पताल भर्ना भएका थिए ।

ब्राजिलको सानो सहर मिनास गेराइसमा १९४० अक्टोबर २३ मा उनको जन्म भएको थियो । उनको पूरा नाम एडिसन एरेन्टस डो नासिमेन्टो हो । ब्राजिलले पाँच पटक विश्व कप जितेको छ । पाँचमध्ये तीन उपाधि जिताउने नायकका रूपमा पेलेलाई चिनिन्छ ।

पेलेले ब्राजिललाई सन् १९५८, १९६२ र १९७० मा विश्व कपको उपाधि जिताएका थिए । उनी तीन विश्व कप जित्ने एकमात्रै खेलाडी हुन् । २१ वर्षको लामो फुटबल करियरका क्रममा पेलेले एक हजार तीन सय ६३ खेलमा एक हजार दुई सय ८१ गोल गरेको विश्व कीर्तिमान छ । उनलाई सन् २००० मा फिफा प्लेयर अफ द सेन्चुरीको पदक दिइएको थियो ।



Tags: