
पोखरा, १२ पुस/ शान्तिका लागि फुटबल भन्ने नारा सहित पोखरा र काठमाण्डौंमा स्पेनको फुटबल टोलीले मैत्रीपुर्ण खेल्ने भएको छ । स्पेनको फुटबल टोली गण्डकी ११ सगँ बुधबार खेल्ने छ ।
विश्व कप र यूरो कपमा खेलेका खेलाडीहरुले नेपाली खेलाडी सँग फुटबल खेल्ने फाउण्डेसनका उपाध्यक्ष गोविन्द सुवेदीले जानकारी दिए ।
स्पेनका पुर्व राष्ट्रिय खेलाडीहरु समेत संलग्न भएको स्पेनको बी डिभिजनको काथेरेन्यो फुटबल क्लबले बुधबार गण्डकी प्रदेश ११ संग पोखरा रंगशालामा दिउँसो २ बजे पछि मैत्रिपुर्ण फुटबल खेल्ने मंगलबार आयोजीत पत्रकार सम्मेलनमा उनले बताए ।
पूर्व राष्ट्रिय खेलाडी अनिल गुरुङको कप्तानीमा गण्डकी प्रदेशको टिम मैदान उत्रिने छ । स्पेनबाट वल्र्ड कप तथा यूरोकप खेलका जुलिओ सालिना, रुबेन दे ला रेद, मिचेल कार्रीलेरो लगायतका खेलाडीहरु आउने भएको मैत्रिपूर्ण खेलको लागि खेलाडी, अफिसिलय, पत्रकार सहित ५२ जनाको टोली स्पेनबाट पोखरा आइसकेको उनले बताए ।
बुद्ध र सगरमाथा जोडेर आफुहरुले विदेशमा नेपालको नाम राख्ने विभिन्न अभियान गर्दै आएको उनको भनाई छ । स्पेनीस टोलीले पुस १४ गते दशरथ रंगशालामा काठमाडौं–११ मा दोस्रो मैत्रीपूर्ण खेल खेल्ने छ ।






