
पृथ्वीसुब्बा गुरुङ
पोखरा, ८ मंसिर/ लमजुङबाट नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङ विजयी भएका छन् । नेकपा माओवादीका देव गुरुङलाई हराउदै जित हासिल गरेका छन् ।
पृथ्वीसुब्बा गुरुङले ३४ हजार ९ सय ६९ मत ल्याउदा देव गुरुङले ३१ हजार ७ सय ८१ मत प्राप्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीले ९ हजार २९ मत प्राप्त गरे ।
यस क्षेत्रबाट २०७४ को प्रतिनिधि सभा निर्वाचनमा देव गुरुङ विजयी भएका थिए । पृथ्वी सुब्बा गुरुङ पनि यही जिल्लाबाट प्रदेश सभामा निर्वाचित भएका थिए । पृथ्वीसुब्बा गुरुङ गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री हुने भने एमाले पार्टीका उपमहासचिव हुन् ।





