टेनिस मेन्स डवल्समा गण्डकीलाई स्वर्ण

-


     क्लिक गण्डकी     
     कार्तिक २ गते २०७९ मा प्रकाशित


टेनिस मेन्स डवल्समा गण्डकीलाई स्वर्ण

टेनिस मेन्स डवल्समा गण्डकीलाई स्वर्ण

पोखरा, २ कात्तिक/ टेनिस मेन्स डवल्समा गण्डकीले स्वर्ण पदक जितेको छ । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकीले स्वर्ण पदक हात पारेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा गण्डकीका प्रदिप खड्का र अनिल शाहीको जोडीले विभागिय टोली नेपाल आर्मीका प्रनभ खनाल र अकि जुवेन रावतको जोडीलाई फाइनलमा पराजित गरेको हो ।

सुपरटाईमा निर्धारण भएको नतिजामा पहिलो सेट गण्डकीको टिमले ७–५ ले जिते पनि दोश्रो सेट भने ४–६ ले गुमाउन पुग्यो । सुपरटाइमा गण्डकीले १०–८ ले आफ्नो पक्षमा पार्दै स्वर्ण पदक हात पारेको हो । यस अघि टिम इभेन्टमा गण्डकीले एक स्वर्ण हात पारिसकेको छ ।



Tags: