नवौ राष्ट्रिय खेलकुदः महिला ५ हजार मिटर दौडमा सन्तोषीलाई स्वर्ण

-


     क्लिक गण्डकी     
     कार्तिक २ गते २०७९ मा प्रकाशित


सन्तोषी श्रेष्ठ

सन्तोषी श्रेष्ठ

पोखरा, २ कात्तिक/ एथलेटिक्स महिला ५ हजार मिटर दौडमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छन् ।

उनले पोखरा रंगशालामा बुधबार बिहान निर्धारित दुरी १७ मिनेट ०५.२९ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेकी हुन् ।
पुलिसकी राजपुरा पछाइले १७ मिनेट १२.०५ सेकेन्डमा पूरा गर्दै रजत पदक जितिन् ।

आर्मीकी पूर्णलक्ष्मी न्यौपानेले १८ मिनेट ०३ सेकेन्डमा निर्धारित दुरी पूरा गर्दै काँस्य पदक जितिन् । सन्तोषीले १० हजार मिटरमा पनि स्वर्ण जितेकी थिइन् ।



Tags: