नवौं राष्ट्रिय खेलकुदः डुवाना र नासिरद्वारा किर्तिमान सुधार

-


     क्लिक गण्डकी     
     असाेज २९ गते २०७९ मा प्रकाशित


नवौं राष्ट्रिय खेलकुदः डुवाना र नासिरद्वारा किर्तिमान सुधार

नवौं राष्ट्रिय खेलकुदः डुवाना र नासिरद्वारा किर्तिमान सुधार

पोखरा, २९ असोज/ नेपाली सेनाका नासिर याह्या हुसेनले नवौं राष्ट्रिय खेलकुद अन्तरग भएको २२ औं राष्ट्रिय पौडी च्याम्पियनसिपममा आफ्नो नाममा रहेको किर्तिमानमा सुधरा गरेका छन् ।

नासिरले १५ सय मिटिर फ्रिस्टायलमा काठमाण्डौमा सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुदमा कायम गरेको १७ मिनट ४९.९५ सेकेन्ड समयमा सुधार गर्दै १६ मिनट ५०.२१ सेकेन्डको नयाँ राष्ट्रिय रेकर्ड कायम गरेका हुन् ।

यसका साथै उनले नवौं राष्ट्रिय खेलकुदमा पौडी तर्फ पहिलो स्वर्ण पदक पनि जितेका छन् । दोश्रो स्थानमा रहेको एनआरएनका आशिष सापकोटाले पनि नासिरले दक्षिण एशियाली खेलकुदमा स्थापित गरेको रेकर्डलाई उछिनेका थिए ।

सापकोटाले १६ मिनट ५७.९५ को समयमा दूरी पार गरेका थिए । उनले रजत पदक प्राप्त गरे । तेश्रो स्थानमा पुलिसका सुनिल कुमार थापा मगर रहे । उनले कास्य पदक प्राप्त गरे ।

डुवानाद्वारा पनि नयाँ किर्तिमान कायम

यस्तै पोखराको विरौटास्थित फिसटेल एकेडेमीको पौडी पोखरीमा भएको प्रतियोगितामा सेनाकी डुवाना लामाले पनि आफ्नो नाममा नयाँ राष्ट्रिय किर्तिमान बनाउन सफल भईन् ।

उनले २०० मिटर ब्यक्तिगत मिड्ले तर्फ गौरिका सिंहले नेपालगंजमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा कायम गरेको २ मिनट ३२ सेकेन्डको समयलाई पछाडी पार्दै २ मिनट ३१।४६ सेकेन्डको नयाँ समयको किर्तिमान कायम गरिन् । यो उनले हिट चरणमा कायम गरेको समय हो ।



Tags: