
महिला १०० मिटर दौडमा सरस्वतीको राष्ट्रिय कीर्तिमान
पोखरा, २९ असोज/ पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्मीका खेलाडी हावी देखीएका छन् । आर्मीले शिर्ष स्थानामा रहदा कर्णाली, मधेश प्रदेश र एनआरएनएले कुनै पदक प्राप्त गर्न सकेको छैन ।
आर्मीले ९ स्वर्ण, ९ रजत र १० कास्य सहित २८ पदक जित्दै शीर्ष स्थानमा छ । दोश्रो भएको बागमती प्रदेशले ५ स्वर्ण, रजत र २ कास्य सहित १० पदक जितेको छ ।
एपिएफले ४ स्वर्ण, ६ रजत र ९ कास्य सहित १९ पदक जितेको छ भने नेपाल पुलिस क्लवले २ स्वर्ण, १ रजत र २ कास्य सहित ५ पदक पाएको छ ।
पाँचौ स्थानमा रहेको सुदुरपश्चिमले १ स्वर्ण र ३ कास्य सहित ४ पदक र लुम्बिनीले २ रजत पदक पाएको छ । घरेलु मैदानमा गण्डकी प्रदेश कमजोर सावित भएको छ । ५ वटा कास्य मात्रै पाएको गण्डकी सातौं स्थानमा छ ।
प्रदेश नम्बर १ ले ३ वटा कास्य मात्रै जित्यो । कर्णाली, मधेश र एनआरएनए हालसम्म पदक विहिन छन् । हालसम्म २१ इभेण्टका खेल सकिएका छन् ।





