महिला सटपुटमा पुलिसकी चन्द्रकलालाई स्वर्ण

-


     क्लिक गण्डकी     
     असाेज २९ गते २०७९ मा प्रकाशित


चन्द्रकला लामगादे

चन्द्रकला लामगादे

पोखरा, २९ असोज/ नवौं राष्ट्रिय खेलकुद अन्तरगत पोखरा रंगशालामा भएको महिला सटपुट ईभेण्टमा नेपाल पुलिस क्लवकी चन्द्रकला लामगादेले स्वर्ण पदक जितेकी छिन् ।

सो ईभेण्टमा उनले १२ दशमलव ४० मिटरको दुरी पार गर्दै स्वर्ण जितेकी हुन् ।

त्यसैगरी लुम्बिनी प्रदेशकी संगीता अधिकारीले रजत पदक जितेकी छन् । उनले १० दशमलव ८३ मिटरको दुरी पार गर्दै रजत पदक जितेकी हुन् ।

नेपाल पुलिस क्लवकै बसन्ती चौधरीले ९ दशमलव ८६ मिटरको दुरी पार गर्दै काँस्य पदक जितेकी हुन् ।



Tags: ,