एक सय मिटर दौडमा चौधरीको राष्ट्रिय कीर्तिमान

-


     क्लिक गण्डकी     
     असाेज २९ गते २०७९ मा प्रकाशित


निशा चौधरी

निशा चौधरी

पोखरा २९ असोज/ नवौ राष्ट्रिय खेलकुद अन्र्तगत एथलेटिक्सकी निशा चौधरीको राष्ट्रिय कीर्तिमान बनाएकी छिन ।

एथलेटिक्सको १०० मिटर महिला दौडमा लुम्बिनीकी चौधरीले राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । हिट चरणमा उनले कीर्तिमान बनाएकी हुन् ।

यस अघि देबीमाया पनेरुको नाममा १२.१९ सेकेन्डको रहेको राष्ट्रिय कीर्तिमान चौधरीले १२.१५ सेकेन्डमा पुरा गदै नयाँ कीर्तिमान बनाएकी हुन् । आठौ सागमा इलेक्ट्रीकल टाईम हो भने हालको समय ह्याण्ड टाईम हो ।