नवौं राष्ट्रिय खेलकुदको उद्घाटन आज, भव्य रुपमा उद्घाटनका तयारी

-


     क्लिक गण्डकी     
     असाेज २८ गते २०७९ मा प्रकाशित


नवौं राष्ट्रिय खेलकुदको उद्घाटन आज, भव्य रुपमा उद्घाटनका तयारी

नवौं राष्ट्रिय खेलकुदको उद्घाटन आज, भव्य रुपमा उद्घाटनका तयारी

पोखरा, २८ असोज/ पोखरामा (आज) शुक्रबारबाट नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारीक रुपमा उद्घाटन हुदैछ । सम्पुर्ण तयारी पूरा भएको राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले बताए ।

प्रतियोगिताको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने तयभएपनि अस्वस्थताका कारण उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने उनले जानकारी दिए । पोखरा रंगशालका फुटबल स्टडियममा दिऊसो ४ बजे देखी उद्घाटन सत्र शुरु हुनेछ । पोखरा रंगशालालाई झकिझकाउ बनाएको छ । उद्घटनमा मार्चपास, विभिन्न सांस्कृतीक झाँकी, लाइटिङ, आतसबाजी गर्ने लगाएतको तयारी छ ।

राष्ट्रिय खेलकुदले यस पटक देखी च्याम्पियन ट्रफी बनाएको र सबभन्दा बढी पदक जित्ने टिमले ट्रफी प्राप्त गर्ने छ । सदस्य सचिव घिसिङले सातौं दक्षिण एशियाली महासंघीय खेलकुद (साफ) का स्वर्ण पदकधारी ओलम्पियन खेलाडी टीकाबहादुर बोगटीले नवौं राष्ट्रिय खेलकुदको दीप प्रज्जवलन गर्ने छन् ।

नवौं राष्ट्रिय खेलकुदमा विभिन्न ३६ खेलमा कुल ६ हजार १ सय ५७ खेलाडीले ४ सय ४ स्वर्ण पदकका लागि प्रतिष्पर्धा गर्ने छन् । प्रतियोगिता कात्तिक ३ गते सम्म सन्चालन हुनेछ ।