नवौं राष्ट्रिय खेलकुदः फेन्सिङको टिम इभेण्टमा एपिएफ र आर्मीलाई स्वर्ण

-


     क्लिक गण्डकी     
     असाेज २७ गते २०७९ मा प्रकाशित


नवौं राष्ट्रिय खेलकुदः फेन्सिङको टिम इभेण्टमा एपिएफ र आर्मीलाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुदः फेन्सिङको टिम इभेण्टमा एपिएफ र आर्मीलाई स्वर्ण

पोखरा, २७ असोज/ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बिहीबार फेन्सिङको महिला टिम फोयलमा एपिएफले बागमतीलाई हराउदै स्वर्ण पदक जितेको छ । एपिएफ ४५–३६ अंकले पछि पार्दै एपिएफले स्वर्ण जितेको हो । एपिएफको यो फेन्सिङ दोस्रो स्वर्ण पदक हो ।

पोखरा रंगशालास्थित व्याडमिन्टन कोर्टमा भएको फाईनल प्रतिस्पर्धामा बागमतीले रजत पदकमा चित्त बुझाउँदा गण्डकी प्रदेश र आर्मीले कास्य पदकमा चित्त बुझाए ।

त्यसै गरी फेन्सिङको पुरुष टिम सेबरमा नेपाल आर्मीले स्वर्ण पदक जितको छ । बागमतीले रजत पदक जित्दा एपिएफ र गण्डकी प्रदेशले कास्य जिते ।

फेन्सिङको अंक तालिका अनुसार आर्मी र्शिष स्थानमा उक्लेको छ । आर्मीले ४ स्वर्ण, ५ रजत र ७ कास्य सहित १६ पदक प्राप्त गरेको छ । बागमतीले ४ स्वर्ण, ३ रजत सहित ७ पदक प्राप्त गरेर दोस्रो स्थानमा रहेको छ ।

शसस्त्र प्रहरी २ स्वर्ण, ३ रजत र ७ कास्य सहित १२ पदका साथ तेस्रो स्थानमा छ । सुदुरपश्चिम प्रदेश १ स्वर्ण २ कास्य सहित ३ पदक जितेको छ । त्यसै गरी गण्डकी प्रदेश र प्रदेश १ ले ३ तीन तीन कास्य पदक प्राप्त गरेका छन् ।