पत्रकार पौडेल सहित ४ जना सम्मानित, ‘जोजिजू म्युजिकल जर्नी २०७९’

-


     क्लिक गण्डकी     
     असाेज ११ गते २०७९ मा प्रकाशित


पत्रकार पौडेल सहित ४ जना सम्मानित, ‘जोजिजू म्युजिकल जर्नी २०७९’

पत्रकार पौडेल सहित ४ जना सम्मानित, ‘जोजिजू म्युजिकल जर्नी २०७९’

पोखरा ११ असोज / १९ औं सस्करणको ‘जोजिजू म्युजिकल जर्नी २०७९’ को अवसरमा चार जनालाई पोखरामा सम्मान गरिएको छ । जोजिजू म्युजिक सेन्टर एवं म्युजिक स्कुलले आयोजना गरेको कार्यक्रममा सम्मानित हुनेमा गायनतर्फ देउराली व्याण्डका मुख्य भोकलिष्ट शान्तराज बज्राचार्य, बाद्यवाधनतर्फ तेज केसी, नृत्य प्रशिक्षक तर्फ गम्भिर वर्देवा र सञ्चारकर्मी तर्फ पत्रकार राजाराम पौडेल रहेका छन् ।

सम्मानित व्यत्तित्व छनोट गर्न छनोट समिति बनाइएको थियो । छनोट समितिकै सिफारिसको आधारमा उनीहरु सम्मानित भएको आयोजकले बताए । छनोट समितिमा पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल, गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठ, पोखरा सांगीतिक कलाकार संघ नेपालका अध्यक्ष सुनिल थापा रहेका थिए ।

उनीहरुलाई वरिष्ठ गायिका बाबा राणा, गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठ, विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सल्लाहकार जबरलाल श्रेष्ठ, आयोजक संस्थाका प्रबन्ध निर्देशक विनित जोजिजूले सम्मान गरें ।

‘जोजिजू म्युजिकल जर्नी २०७९’ को आर्कषणको रुपमा विविध सांगीतिक तथा साँस्कृतिक प्रस्तुती रहेको थियो । पोखरा उद्योग वाणिज्य संघको हलमा आयोजित कार्यक्रममा कलाकारहरु बाबा राणा, विनित जोजिजू, एलिना गुरुङ, उषा गुरुङ, प्रिया गुरुङ, प्रकृति श्रेष्ठ, रिदम गुरुङ, मिलन गुरुङ, रंजित परियार, उषा गुरुङले आफ्नो प्रस्तुती राखे ।

यसैगरी विपना थापामगर, अनिषा पाइजा पुन, स्वाति न्यौपाने, जेनिसा छत्याल, वेनिसा श्रेष्ठ, मोनिका श्रेष्ठ, केल्विन शेरचन, गौरव थापा, अर्जुन नकर्मी, पूर्ण गुरुङ, प्रशान्त न्यौपाने, अजेश वि.क., स्मृति राई, उत्पेरणा जोजिजू, श्रीकृष्ण अधिकारी, आशिष भट्टराई, दीपेश मल्ल, सुदिप ठकुरी, स्वस्तिक गिरी, कृष्टि पाठक, विमिषा श्रेष्ठ, मिरिस्ता गौचन लगायतले गायन प्रस्तुती मार्फत दर्शकको सांगीतिक तृष्णा मेटाए ।

लाइभ म्युजिक मार्फत राखिएको प्रस्तुतीको लागि तबलामा पप्पु थापा मगर, किर्वोडमा सुनिल रानामगर, बाँसुरीमा भोजेन्द्र अधिकारी, प्याड ड्रममा प्रेम थापामगर, बेस गीतारमा सागर गुरुङ, लिड गीतारमा शंकर गुरुङ, ड्रम सेटमा उत्प्रेम जोजिजू र विधान वर्देवा, मादलमा पविन कान्छाले साथ दिएका थिए । भायोलियन प्रस्तुती मार्फत सानु जोजिजू, पुर्खा पुन, श्रीकृष्ण परियार, अनु रेग्मी, मनिता श्रेष्ठ, रक्षा श्रेष्ठ, सुशिल गौतम, सम्वृद्धि गुरुङ, बैभव थापाले दर्शकलाई मनोरञ्जन प्रदान गरें ।

यसैगरी अनिमेश श्रेष्ठ, प्रियंका, अविशा गुरुङ, सुप्रिया नेपाली, सुष्मा गुरुङ, रोश्नी क्षेत्री, सपना गुरुङ, अञ्जली गुरुङ, सुशिला गुरुङ, सुमन गुरुङ, सुजल गुरुङ, टिका जंग गुरुङ, रोशन गुरुङ, सुविना गुरुङ, कृष्ण कुमारी गुरुङ, प्रिति गुरुङ, रेशम गुरुङ, माया गुरुङ लगायतका कलाकारको नृत्यले समेत दर्शकको ध्यान खिच्यो ।

संस्थाका प्रबन्ध निर्देशक विनित जोजिजूको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ गायिका बाबा राणा, गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठ, देउराली व्याण्डका मुख्य भोकलिष्ट शान्तराज बज्राचार्य, पत्रकार राजाराम पौडेल, कार्यक्रम संयोजक सानु जोजिजू र सुरज थापा मगरले बोलेका थिए ।

जोजिजू म्युजिक सेन्टरले संगीतको ज्ञान दिने मात्रै नभएर निरन्तर नयाँ प्रतिभालाई प्रतिभा देखाउन मञ्च समेत प्रदान गर्दै आएको प्रबन्ध निर्देशक जोजिजूले बताए । संगीतको उत्थान हाम्रो दायित्व, कला र प्रतिभाको पहिचान हाम्रो अभियान भन्ने उद्धेश्यले निरन्तर कार्यक्रम गरिएको उनले खुलाए । विभिन्न व्यक्ति तथा संस्थाको सहयोगको कारण कार्यक्रम सफल बनेको उनको भनाई छ ।