पोखरामा हुने ‘माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो’मा १३ देशका खेलाडी

-


     क्लिक गण्डकी     
     भाद्र २५ गते २०७९ मा प्रकाशित


पोखरामा हुने ‘माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो’मा १३ देशका खेलाडी

पोखरामा हुने ‘माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो’मा १३ देशका खेलाडी

पोखरा, २५ भदौ/ पोखरामा दुई साता पछि आयोजना हुने ‘तेश्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप २०२२’ जि–२ ¥याकिङ तथा ‘प्रथम जिसिएस माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला पुम्से च्याम्पियनसिप–२०२२’ मा १३ देशका खेलाडीले सहभागीता जनाउने भएका छन् ।

प्रतियोगितामा १ हजार ३ सय जना खेलाडीहरु सहभागि हुने आयोजकले जनाएका छन् । असोज ६ देखि ९ गते सम्म हुने ग्योरोगी तर्फ १ हजार १ जना र पुम्सेतर्फ २ सय ९८ जना खेलाडीहरुले नाम दर्ता गराएको गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगन बहादुर गुरुङले जानकारी दिए ।

दक्षिण एशियामा नै पहिलो पटक नेपालमा आयोजना गर्न लागेको उनले बताए । कोभिड १९ का कारण समस्यामा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्न खेल सहयोगी हुने उनले बताए । प्रतियोगितामा विश्वभरीका खेलाडीहरू, निर्णायक तथा प्रशिक्षकहरु, सहभागी खेलाडीका परिवारका सदस्यहरू र तेक्वान्दो महासंघका विशिष्ट पदाधिकारीहरू सहित २ हजार भन्दा बढीको सहभागीता हुने उनको भनाई छ ।

विश्वस्तरीय मेगा तेक्वान्दो प्रतियोगिता अवलोकन गर्न ५ हजार भन्दा बढी तेक्वान्दो प्रेमीहरु पोखरा आउने अपेक्षा गरिएकोे संघका केन्द्रिय महासचिव दीपराज गुरुङले बताए ।

पोखरा रंगशालास्थित वहुउद्धेश्यिय कभर्डहलमा आयोजना हुने प्रतियोगितामा सिनियर र जुनियरतर्फको प्रतिष्पर्धा हुने छ । प्रतियोगिता सम्पन्न गर्न करिव २ करोड ५५ लाख खर्च हुने संघ गण्डकीका सचिब रमेश पौडेलले जानकारी दिए ।



Krishna Pathak

This will close in 10 seconds