नेपाली कांग्रेस
पोखरा, १६ भदौ/ मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले बुधबार प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति मार्फत प्रतिनिधिसभा निर्वाचनमा उमेदवारका आकांक्षीको नाम संकलन गरेको छ । कास्की क्षेत्र नम्बर १ मा प्रत्यक्ष र समानुपातिक गरेर २६ र क्षेत्र नम्बर ३ मा २० जना इच्छुक बनेका छन् ।
परिपत्रअनुसार प्रत्यक्ष र समानुपातिकमा बढीमा ३/३ जनाको नाम सिफारिस गर्न भनेपनि आकांक्षीको संख्या भने निकै ठुलो छ । तीनवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको कास्कीमा १ र ३ बाट आकांक्षीको नाम संकलन गरिएको छ । क्षेत्र नं. २ को बैठक भने शुक्रबार बस्नेछ ।
कास्की क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा कास्की क्षेत्र न. १ मा नेपाली कांग्रेसकाबाट प्रत्यक्ष तर्फका आकांक्षि कृष्ण बहादुर केसी, गुरु प्रसाद बराल, सुदिप मोहन भट्टराई, जीबन परियार, तिलक बहादुर रानाभाट, विश्व घिमिरे, वीर बहादुर बुढाथोकी, कृष्ण कार्की, राम बाबु भण्डारी, डा दीपक सुवेदी, होम बहादुर बसेल बिमल, सुनिल गुरुङ्ग, किशोरदत्त बराल, चतुराखर अधिकारी, सरस्वती गुरुङ्ग, गगन कुमार थापा, यज्ञ बहादुर थापा रहेका छन् ।
त्यसै गरी समानुपातिक तर्फ तारानाथ रानाभाट, सरस्वती गुरुङ्ग, तिर्थ जङ्गली, राज कुमार गुरुङ्ग, सुर्य प्रसाद भण्डारी, खलिल मिया, बिन्दु भण्डारी, ई राम बहादुर केसी, तर्क जङ्ग गुरुङ्ग रहेका छन् ।
क्षेत्र नं. ३ बाट भने क्षेत्रीय सभापति सहित प्रत्यक्ष र समानुपातिकमा गरी २० जनाले इच्छा देखाएका छन् । क्षेत्रीय सभापति मनोज गुरुङ, गंगाधर पराजुली, रामचन्द्र त्रिपाठी, बाबुराम आचार्य, ललित गुरुङ, दीपक गुरुङ, इन्जिनियर यामकृष्ण पौडेल, पशुपति भट्टराई, बद्रीनाथ पराजुली र आशबहादुर गुरुङले प्रत्यक्षतर्फ नाम टिपाएका छन् ।
समानुपातिमा महादेव गुरुङ, खेमराज पौडेल, खिमलाल बास्तोला, गंगा केसी, शारदा पौडेल, कृष्णकुमारी परियार, अब्दुल रजित मिया, मनबहादुर बिक, रामप्रसाद अधिकारी र अमृतकुमार श्रेष्ठले इच्छा देखाएका छन् । उम्मेदवार हुन आवेदन आएका नाम क्षेत्रीय कार्यसमितिले बिहीबार बैठक बसी जिल्लालाई पठाइने तयारीमा छ ।