बुधबार चर्चित र्यापर लाउरेले टुडिखेल तताउने
पोखरा, १५ भदौ/ नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारि पोखरा १ स्थित पुरानो टुडिखेलमा ऐतिहासिक तीज मेला २०७९ पाचौ दिन मंगलबारसम्म जारी छ । नेपाली कला संस्कृतीको संरक्षण गर्ने उदेश्य सहित इन्द्रेणी एकिकृत विकास केन्द्र, पोखरा १ को आयोजना तथा सुरताल इभेन्ट एण्ड मल्टिमिडिया प्रालिको व्यवस्थापनमा शुक्रबार देखि सुरु मेला १६ भदौसम्म संचालन हुनेछ ।
पाचौ दिनसम्म आईपुग्दा मेला अवलोकन गर्नेहरुको भिड दिन प्रतिदिन बढ्दै गईरहेको छ । मंगलवार मात्र मेला अवलोकनका लागि १८ हजारको हाराहारीमा दर्शकहरु आएका आयोजक संस्थाका कार्यसमिति सदस्य दुर्गादत्त अधिकारीले जानकारी दिए । दर्शकका कारण मेला स्थलमा दिनभर भिडभाड रहेको थियो भने मेला स्थलमा रहेका स्टलहरुमा सामान किन्नेहरुको बाक्लो भिड लागेको थियो । वाल उद्यानमा रमाउनेहरुको संख्या समेत बाक्लो रहेको थियो ।
साझ पख परेको वर्षको समेत प्रवाह नगरिकन दर्शकहरु पानीमा भिजेर नाच गानमा सहभागी हुदै मनरोञ्जन लिएका भएका थिए । मेलामा आमा समुह स्तरीय मौलिक तीजगीत प्रतियोगिता, खुल्ला तीज गृहिणी नृत्य प्रतियोगिता, र अन्तर विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता समेत जारी रहेका छन् । मंगलबार विभिन्न समुहले आ आफनो प्रस्तुती दिएका आयोजक केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीले जानकारी दिए । प्रतियोगिता बुधबार र बिहिबार समेत जारी रहने छन् । बुधबार गण्डकी प्रदेश स्तरीय छेलो प्रतियोगिता समेत हुनेछ ।
मेलामा दैनिक उपभोग्य सामान, कृर्षि, हस्तकला, बैक तथा वित्तिय सस्था, लत्ता कपडा लगायतका विभिन्न स्टलहरु सगै रेष्टुरेन्ट र वाल उद्यान समेत रहेको छ । यस्का साथै मेलामा दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती समेत जारी छ ।
बुधबार चर्चित र्यापर लाउरेले टुडिखेल तताउने
शुक्रबारदेखी सुरु मेलामा बुधबार साँझ चर्चित र्यापर आशिष राना अर्थात लाउरेले आफनो प्रस्तुती दिनेछन् । लाउरेले आफना आधादर्जन चर्चित गित मार्फत दर्शकलाई मनोरञ्जन दिने छन् । मेलामा प्रवेश निशुल्क रहेपनि लाहुरेको कार्यक्रम भने सशुल्क रहेको आयोजकले जानकारी दिएका छन् । बुधबार लाउरेको प्रस्तुती अघि सन्तोष वस्याल, शिवहरी ढुङाना, जुना शिरिष मगर लगायतका कालाकारहरुले आ आफनो प्रस्तुती मार्फत दर्शकहरुलाई मनोरञ्जन दिने छन् ।