स्याङ्जामा पोखरीमा डुबेकी छोरीलाई बचाउन खोज्दा बाबु छोरीको मृत्यु

-


     क्लिक गण्डकी     
     श्रावण ५ गते २०७९ मा प्रकाशित


पाैडी डुवेर

पाैडी डुवेर

स्याङ्जा, ५ साउन/ स्याङ्जाको गल्याङमा सिँचाइ पोखरीमा डुबेर बाबु छोरीको मृत्यु भएको छ ।

पोखरीमा डुबेर गल्याङ नगरपालिका वडा नम्बर–६ बस्ने कामना गुरुङकी ४ वर्षीया छोरी सोफिया गुरुङ र उनलाई बचाउन गएका ३३ वर्षीया बाबु विन्द्र गुरुङको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

पोखरीमा बालिका खसेको देखेपछि बचाउन गएका बाबु विन्द्रको पनि डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रविन्द्र खनालले बताए ।

डुबेका दुबैको उद्धार गरी उनीहरूलाई वालिङस्थित अस्पताल लगिए पनि चिकित्सकले दुबै जनालाई मृत घोषणा गरेका थिए ।
सिँचाइ पोखरी एक लाख लिटर क्षमताको भएको प्रहरीले जनाएको छ ।



Tags: