फेसबुकमा नाबालिकाको तस्बिर प्रयोग गरी चरित्र हत्या गर्ने पक्राउ

-


     क्लिक गण्डकी     
     असार २८ गते २०७९ मा प्रकाशित


हत्गढी

काठमाडौं, २८ असार/ सामाजिक सञ्जालमा ४ जना नाबालिकाको तस्विर प्रयोग गरी चरित्र हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

कीर्तिपुर नगरपालिका ६ टोदह बस्ने सिन्धुली घ्याङलेख गाउँपालिका ३ घर भएका विकाश भन्ने ३१ वर्षीय राजेश बिकलाई प्रहरीले पक्राउ गरेको हो ।

नाबालिकाहरूको फेसबुक एकाउन्ट खोली अश्लिल शब्द प्रयोग गरी पीडित नाबालिकाहरुको आफन्त तथा साथीभार्इलाई सामाजिक सञ्जालमा पठाउने तथा नावालिकाहरुको सार्वजनिक रुपमा चरित्र हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । विकलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूर गरेको खुलेपश्चात उनलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

यसैगरी, सामाजिक सञ्जालमा बैदेशीक रोजगारीको सिलसिलामा ओमानमा रहेकी नेपाली महिलाको फेसबुक एकाउन्ट खोली महिलाको फोटो दुरुपयोग गरी चरित्र हत्या गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

रुपन्देही सैनामैना नगरपालिका ४ मुर्गिया घर भएका ३६ वर्षीय जिवन दमाईलाई प्रहरीले पक्राउ गरेको छ । जिवनले वैदेशीक रोजगारीमा रहेकी आफ्नै श्रीमतीको सामाजिक सञ्जालमा फोटोमा अश्लिल क्याप्सन राखी सामाजिक सञ्जाल फेसवुकमा पोष्ट गरी चरित्र हत्या गरीका थिए ।

उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूर गरेको अनुसार कार्वाही अगाडी बढाएका प्रहरीले जनाएको छ ।
उनीहरूलाई जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।