श्रीपति समाजसेवा पुरस्कार पदम भुवनेश्वरी नमुना बृद्ध सेवाश्रमलाई

-


     क्लिक गण्डकी     
     असार २८ गते २०७९ मा प्रकाशित


श्रीपति समाजसेवा पुरस्कार भुवनेश्वरी नमुना बृद्ध सेवाश्रमलाई

श्रीपति समाजसेवा पुरस्कार भुवनेश्वरी नमुना बृद्ध सेवाश्रमलाई

पोखरा, २८ असार/ श्रीपति कोइराला गुठी पोखराले सञ्चालन गरेको श्रीपति समाजसेवा पुरस्कार २०७९ र श्रीपति सामाजिक पत्रकारिता पुरस्कारको घोषणा गरेको छ । श्रीपति समाजसेवा पुरस्कारबाट सर्लाहीको लालबन्दी नगरपालिका २ जुटपानीस्थित पदम भुवनेश्वरी नमुना बृद्ध सेवाश्रमलाई प्रदान गर्ने भएको छ ।

त्यसै गरी यसै वर्षबाट स्थापना गरिएको श्रीपति सामाजिक पत्रकारिता पुरस्कारबाट कृष्णप्रसाद बास्तोलाई सम्मान गरिने पोखरा आयोजीत पत्रकार सम्मेलनमा गुठीका अध्यक्ष लक्ष्मण कोइरालाले जानकारी दिए ।

गुठीले ११५ औ श्रीपति जयन्तीको आवसरमा पुरस्कार घोषणा गरेको हो । श्रीपति समाजसेवा पुरस्कारको राशि २ लाख २२ हजार २ सय २२ र सम्मानपत्र रहेको कोइरालले बताए । यस अगाडी श्रीपति समाजसेवा पुरस्कारबाट अनुराधा कोइरालाद्धारा स्थापित माइती नेपाल, महाबीर पुनबाट स्थापित राष्टिय आविष्कार केन्द्र सममानित भैसकेका छन् ।

समाज सर्लाहीको पद्म भुवनेश्वरी नमुना वृद्ध सेवाश्रम लामो समयदेखि ज्येष्ठ नागरिक तथा अशक्त, असहाय एवं वेवारिसे नागरिकको सेवामा समर्पित छ । त्यसै गरी श्रीपति सामाजिक पत्रकारिता पुरस्कारको राशि २२ हजार २ सय २२ र सम्मानपत्र रहेको छ ।

श्रीपति कोइरालाको प्रतिमामा माल्र्यापण गरी सुरु ११५ औं श्रीपति जयन्ती कार्यक्रममा पुरस्कार छनोट समिति संयोजक प्राडा दिलबहादुर क्षत्रीले श्रीपतिको योगदानको चर्चा गर्दै पुरस्कारको लागि छनोट भएका संस्था र व्यक्तिबारे संक्षिप्त जानकारी गराएका थिए ।

कार्यक्रममा उपाध्यक्ष फणीन्द्र्रराज कोइराला, सचिव नवराज कोइराला लगाएतले श्रीपति कोइरालाको बारेमा चर्चा गरेका थिए । विसं १९९० को आसपासमा विभिन्न स्थानमा पाटी पौवा स्थापना गरी सामाजिक क्षेत्रमा काम गरेका थिए ।