लिफ्ट मागेर गाडी लुट्ने ३ जना पक्राउ

-


     क्लिक गण्डकी     
     असार १३ गते २०७९ मा प्रकाशित


लिफ्ट मागेर चढेका ३ जनाले सरकारी कर्मचारीको गाडी लुटे

लिफ्ट मागेर चढेका ३ जनाले सरकारी कर्मचारीको गाडी लुटे

कैलाली, १३ असार/ कैलालीको गोदावरी नगरपालिका ४ को गाईमारेमा गाडी लुट्ने तीन जना भारतीय नागरिकलाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको हरियाणाका २१ वर्षीय भगत सिंह, १७ वर्षीय साहिल बादलिसे र २० वर्षीय सन्नी जेट रहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

उनीहरूलाई गोदावरी नगरपालिका १ को ऐश्वर्य सामुदायिक वनबाट पक्राउ गरिएको हो । कञ्चनपुरको भीमदत्त नगरपालिकाबाट डडेल्धुराको आलिताल जाँदै गरेका वेदकोट नगरपालिका ३ बस्ने आलिताल गाउँपालिकामा कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीका गाडी लिफ्ट मागेर चढेर लुट्का थिए ।

प्रदेश ०३–०१–०२३ च ८७२१ नम्बरको कारलाई भीमदत्तबाटै त्यही कारमा खानिडाँडासम्मका लागि लिफ्ट मागी चढेका तीन जना भारतीयले भण्डारीलाई कुटपिट गरी लुटपाट गरेका थिए ।

भण्डारीलाई फोटो खिच्ने बहानामा सडकदेखि ५० मिटर तल लगी कुटपिट गरी आफूले प्रयोग गरेको गम्छा (कपडा) ले हातखुट्टा र मुख बाँधी उनको साथमा रहेको एक थान मोबाइल, पर्स र कारसमेत लगी भारतीय नागरिक फरार भएका थिए ।