पोखरामा चोरीको ठुलो रकम सहित एक जना पक्राउ

-


     क्लिक गण्डकी     
     असार ५ गते २०७९ मा प्रकाशित


पोखरामा चोरीको ठुलो रकम सहित एक जना पक्राउ

पोखरामा चोरीको ठुलो रकम सहित एक जना पक्राउ

पोखरा, ५ असार/ कास्की प्रहरीले चोरीको ठुलो रकम सहिता एक जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका २१ घर भई पोखरा १० बस्ने २१ बर्षिय अजित विश्वकर्मालाई पक्राउ गरेको हो ।

पोखरा १० रामबजारको साता पोशाकको टोलीले ३ लाख ६२ हजार ३ सय ८० रुपैया सहित प्रक्राउ गरको हो । चोरी घटना बढ्दै गएपछि कास्की प्रहरीले एम्बुसिङ्ग अभियान चलाएको थियो । आइतबार बिहान संकास्पद अवश्थामा झोला बोकी हिडेको अवस्थामा प्रहरीले विकलाई पक्राउ गरेको कास्की प्रहरीका निमित्त प्रवत्ता ज्ञानबहादुर खड्काले जानकारी दिए ।

विकले पोखरा १४ विपीमार्ग स्थित सन्तबहादुर लामिछानेले संचालन गरेको चुलो सेवा प्रालिको झ्याल फोडी पैसा चोरी गरेको अनुसन्धानबाट खुलेको खड्काले जानकारी दिए । पहिलो सोही कम्पनीमा लेखापालका रुपमा कार्यरत रहेको खुल्न आएको छ ।

संचालक लामिछानेको काउन्टरबाट ७ लाख २५ हाजर ३ सय ५० रुपैया र ९ हजार भारु हराएको प्रहरीमा जाहेरी दिएका छन् । कम्पनीको पूर्व तर्फको झ्याल फोडी काउन्टरमा प्रबेश गरेको प्रहरी अनुसन्धानले देखाएको वडा प्रहरी कार्यालय रामबजारका प्रमुख किरण राउतले जानकारी दिए ।

उनले अरुपनि संलग्न भए नभएको बारेमा थप अनुसन्धान भइरहेको बताए । विकलाई जिल्ला अदालत कास्कीबाट म्यादथप गरी अनुसन्धान थालेको छ ।



Krishna Pathak

This will close in 10 seconds