पहिले लागुऔषध प्रयोगकर्ता अहिले लागुऔषध विरुद्ध ¥यापर लाहुरे
सागर राज तिमिल्सिना
पोखरा, ४ असार/ युवा मार्झ लोकप्रिय कलाकार हुन् ¥यापर लाहुरे अथार्त आशीष राना । उनलाई कास्की प्रहरीले केही महिना अगाडी लागुऔषध प्रयोग गर्दै गर्दा पक्राउ ग¥यो । उनले ५६ दिन जेलमा बसेर छुटेका छन् । उनै लाहुरे अब भने लागुऔषध विरुद्धको अभियानमा निस्कने तरखरमा छन् ।
नदिकै आउन लागेको अन्तर्राष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवस अवसर उनी लागुऔषध विरुद्धको अभियानमा सँग सँगै अगाडी बढ्ने भएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषध रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्य सहित सप्ताहव्यापी सचेतना कार्यक्रम आयोजना गरेको सोही कार्यक्रममा उनी अभियन्ताका रुपमा अगाडी देखीने छन् । असार ६ गते देखी पोखरामा विभिन्न ठाउँमा अभियान सञ्चालन हुनेछ ।
अहिले पनि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लागुऔषधविरुद्ध मुद्दाका अधिकांश कारोबारी भएको कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश थापा बताउ छन् । उनले लागुऔषध कारोबारीलाई हदैसम्म कारबाही र अञ्जानमा फसेकालाई परामर्शबाट सुधार गर्ने प्रयास अनुसार नै कार्यक्रम गर्न लागेको बताए । उनले आशीष राना पनि यसको एक उदाहरण भएको उनको भनाई छ ।
पुस १४ गते लागुऔषध सेवनको अभियोगमा लाहुरे पक्राउ परेका थिए । जिल्ला प्रहरुी कार्यालयको हिरासतमा रहँदा लागुऔषधको दुव्र्यसनबाट मुक्त हुने वातावरण पाएको उनको भनाई छ । दुव्र्यसनले क्षणिक आनन्द दिए पनि त्योभन्दा धेरै दुखकष्ट दिने गरको उनले बताए । उनले शरीर र मन दुवै नियन्त्रण गरे दुव्र्यसन छोड्न सकिने बताए । उनले शारीरिक रुपमा एकदुई महिना गाह्रो भएपनि मेन्टल्ली भने जिन्दगीभरि नै कन्ट्रोल गरेर बस्नु पर्ने बताए ।
लाहुरेले विद्यार्थीकालबाटै दुव्र्यसनमा फस्ने गरेको बताए । कलेजको टाइममा मन अलिकति चन्चले हुने हुदाँ नराम्रो बाटोतिर जाने बताउ छन् । उनले यो समयमा अविभावकहरुले यो समयमा आफ्ना छोराछोरीलाई धेरै सयम दिएर ख्याल राख्नु पर्ने बताउ छन् ।
सप्ताहव्यापी कार्यक्रममा असार ६ गते पोखरा सभागृहबाट सांगिती कार्यक्रमका साथ शुरु हुनेछ । असार ७ गते कास्कीमा रहेका पुनस्र्थापना केन्द्रहरुसँग अन्तक्र्रिया, ८ गते औषधी बिक्रेतासँग छलफल, ९ गते विभिन्न स्कुल र कलेजमा विद्यार्थीसँग सचेतना, १० गते सञ्चार माध्यमका विज्ञसँग छलफल, ११ गते समुदायमा भेटघाट र १२ गते अन्तर्राष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवसका अवसरमा पोखरामा साइकल ¥याली गरी समापन हुनेछ ।