पोखराको राष्ट्रबैंकचोक नजिक दुर्घटना

-


     क्लिक गण्डकी     
     असार ३ गते २०७९ मा प्रकाशित


दुर्घटना

दुर्घटना फाइल तस्बिर

पोखरा, ३ असार/ पोखराको राष्ट्रबैंकचोक नजिक दुर्घटना हुदाँ एक जना घाइते भएका छन् । बिहीबार साँझ सवारी दुर्घटना हुँदा पोखरा महानगरपालिका वडा नम्बर २२ कि पुम्दीभुम्दीका २३ बर्षिय अनन्त भुजेल घाइते भएका छन् ।

उनको पोखराको मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ । बिहीबार साँझ करिब साढे ७ बजे दुर्घटना भएको थियो । ग३प ९१६६ को मोटरसाइकल, ग१ज ४३३७ नम्बरको ट्याक्सी ठोकिएका थिए ।

दुर्घटना भएर लडेका भुजेललाई ग१झ ५२६ नम्बरको सरकारी गाडीले पुन ठक्कर दिएको थियो । तीन वटै सवारी–साधन र चालकलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरी रहेको जनाएको छ ।



Tags: