विमला वली
बुटवल, १ असार/ लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वली मानसिक पीडा भएपछि एक्कासी बेहोस भएको अवस्थामा उपचारका लागि प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ । दाङबाट उपचारका लागि राती करिव १२ बजे बुटवल प्रादेशिक अस्पतालमा लिएर उपचार गराइएको छ । हाल निरन्तर उपचारपछि स्वास्थ्य सुधारात्मक बन्दै गएको अस्पताल परिवारले बताएको छ ।
मन्त्रीले एकराज बस्नेतले आपूmसँग सापटी लगेको पैसा बारम्बार दिन अनुरोध गर्दा पनि नदिई सम्पर्क विहिन बनेपछि पैसाको कारोबार मिलाउने एकराजको घर पुगेको बताउनुभयो । घर पुग्दा योजनाबद्ध रुपमा फसाइएकोले गर्दा थप मानसिक तनाब बताएकी छन् ।
आफूलाई लगाएको आरोपमा आफूलाई बदनाम गर्न र नभएको १ करोड रुपैया र सुन चोरीको आरोप लगाएको बताइन् । आफूले सामान्य रुपमा हिसाव किताव मिलाउनको लागि गरिएको आग्रहमा पनि आफ्नो राजनीतिक र सामाजिक जीवन समाप्त पार्नका लागि गरिएको प्रक्रिया दिइन् ।
उनको स्वास्थ्य अवस्था बुझ्न नेकपा (माओवादी केन्द्र) संसदीय संसदीय दलका प्रमुख सचेतक बसन्त घर्तीमगर अस्पताल पुगेका छन् । मंगलबार मन्त्री वलीले बस्नेतको घरमा पुगेर बस्नेतकी श्रीमती र उनी छोरीलाई कुटपिट गरेकी थिइन् । एकराज बस्नेत सगँ उनको प्रेम सम्बन्ध रहेको भन्दै एकराजले केही समय पहिल फोटो फेसबुकमा राखेका थिए । उनी उनले तत्कालै हटाएर आफ्नो फेसबुक कसैले ह्याक गरे र फोटो इडिट गरेर राखेको बताएका थिए ।
राज्यमन्त्री विमला वलीको घटनाबारे जाँचबुझ मन्त्री शर्माको नेतृत्वमा ३ सदस्यीय कार्यदल
लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले स्वास्थ्य, जनसंख्या परिवार कल्याण राज्यमन्त्री विमला कुमारी वली घटनाबारे सत्य तथ्य बुझनका लागि लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माको संयोजकत्वमा ३ सदस्यीय कार्यदल बनाएको छ । आज दिउसो बसेको मन्त्रीपरिषदको बैठकले यस्तो निणर्य गरेको हो ।
जाँचबुझ समितिको सदस्यमा महिला, बालबालिका तथा कानून मन्त्री रमा घर्तीमगर, मुख्य न्यायाधीबक्ता श्रीकृष्ण सुवेदी रहेको समिति बनाएको सरकारका प्रबक्ता तिलकराम शर्माले बताए ।