पोखरा १८ मा ९ मतले खोज्दै उच्च अदालतमा मुद्दा

-


     क्लिक गण्डकी     
     जेठ १९ गते २०७९ मा प्रकाशित


पुस्कलबहादुर थापा

पुस्कलबहादुर थापा

पोखरा, १९ जेठ/ पोखरा महानगरपालिका १८ को वडाध्यक्षमा ३ मतले चुनाव हारेपछि एमालेका उम्मेद्वार पुस्कलबहादुर थापाले मुद्दा दर्ता गरेका छन् ।

उनले चुनावमा खसेको मत भन्दा ९ मत कम भएको भन्दै त्यसको खोजी गरिदिन मुद्दा हालेका हुन् । उनले निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय, मुख्य निर्वाचन अधिकृत र नव निर्वाचित वडाध्यक्षलाई बिपक्षी बनाएर मुद्दा दिएका छन्।

यो वडामा कांग्रेसका शिव तिमिल्सिनाले ३ मत अन्तरले चुनाव जितेका थिए । ५ हजार ८ सय ४३ मतदाता मध्ये ४ हजार ३ सय ४८ मत खसेको थियो । गणनाका क्रममा ४ हजार ३ सय ३९ मत मात्र भेटिएको थियो । मतपत्र सर्टिङ गर्ने क्रममा नै ९ मत गायव पारिएको थापाको आरोप छ ।

थापाले गणना सकिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुनस् गणनाको माग सहित निवेदन दिएका थिए । तर पुनः गणना हुन सकेन । ञहारजीत स्वभाविक हो । उनले सत्य तथ्य छानबिन गरेर पुनः मतगणनाको माग राखेका छन् ।



Tags: , , ,