पोखराबाट जोमसोम जादै गरेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो

-


     क्लिक गण्डकी     
     जेठ १६ गते २०७९ मा प्रकाशित


पोखराबाट जोमसोम जादै गरेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो

पोखराबाट जोमसोम जादै गरेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो तस्बिरःसुशील बाबु थकाली अनुरागीको फेसबुकबाट

पोखरा, १६ जेठ/ शनिबार देखी हराइरहेको तारा एयरको दुर्घटनाग्रस्त जहाज फेला परेको छ । मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ मा जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।

आइतबार बिहान ९ः५५ मा पोखराबाट उडेको जहाज १०ः१५ मा मुस्ताङको जोमसोम विमानस्थलमा अवतरण गर्नुपर्ने थियो। तर १०ः०७ बजेदेखि जहाज सम्पर्कविहीन थियो ।

तारा एयरको ९ एन एइटी जहाज मुस्ताङको आकाशमा पुगिसकेपछि १० बजेर ७ मिनेटमा अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग सम्पर्कमा आएको थियो ।

जहाज क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए । जहाजमा चालक दलका दुई जना अन्य सदस्य र १९ यात्रु थिए । जहाजमा २ जना जर्मन, चार भारतीय र १३ नेपाली यात्रु थिए ।