पोखरा ३३ को वडाध्यक्षमा कांग्रेसका रामचन्द्र अधिकारी विजयी

-


     क्लिक गण्डकी     
     जेठ ११ गते २०७९ मा प्रकाशित


रामचन्द अधिकारी

रामचन्द अधिकारी

पोखरा, ११ जेठ/ पोखरा महानगरपालिका वडा नम्बर ३३ को वडा अध्यक्षमा नेपाली कांग्रेसमा उमेद्वार विजयी भएको छन् । पोखरा ३३ को वडाध्यक्षमा कांग्रेस उम्मेदवार रामचन्द अधिकारी विजयी भएका हुन् ।

उनले एमालेका शिवप्रसाद आचार्यलाई ७ सय ५६ मतान्तरले पराजित गरे । अधिकारीले ३ हजार ३ सय ८९ मत प्राप्त गरे भने आचार्यले २ हजार ६ सय ३३ मत प्राप्त गरे ।

खुल्ला सदस्यमा एमालेका विनोद भण्डारी २ हजार ५ सय ४२ मत र प्रकाश कार्की ३ हजार १ सय ४२ मत ल्याएर विजयी हुँदा कांग्रेसका शंकरबहादुर अधिकारीले २ हजार ४ सय ९९ र नेकपा माओवादी केन्द्रका उम्मेदवार श्रीभदर बरालले २ हजार ३ सय ९४ मत प्राप्त गरे ।

महिला सदस्यमा कांग्रेसकी दुर्गादेवी थापा ३ हजार ६० मत ल्याएर विजयी हुँदा एमाले उम्मेदवार शान्ती पाध्याले २ हजार ७ सय २० मत प्राप्त गरिन् । त्यस्तै दलित महिला सदस्यमा एमाले उम्मेदवार लिलादेवी नेपाली २ हजार ६ सय ४८ मत ल्याएर विजयी हुँदा नेकपा एकीकृत समाजवादीकी सृष्टी विकले २ हजार ३ सय २६ मत प्राप्त गरीन् ।



Tags: , , , ,