पोखराका मेयर मानबहादुर जिसीको वडामा नेपाली काँग्रेसका उमेद्वार विजयी

-


     क्लिक गण्डकी     
     जेठ ७ गते २०७९ मा प्रकाशित


श्रीकृष्ण लामिछाने

श्रीकृष्ण लामिछाने

पोखरा, ७ जेठ/ पोखरा महानगरपालिका वडा नम्बर २८ को वडाध्यक्षमा नेपाली काँग्रेसका श्रीकृष्ण लामिछाने निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी एमालेका बैनबहादुर गुरुङलाई १ सय ५२ मतान्तरले हराउँदै जित निकाले ।

३ हजार ७ सय ४ मतमा लामिछानेले १ हजार ६ सय ५८ मत ल्याए भने गुरुङले १ हजार ५ सय ६ मत प्राप्त गरे ।
त्यस्तै महिला सदस्यमा पनि काँग्रेसकै डाल्डादेवी भुजेल विजयी बनेकी छन् । भुजेलले १ हजार ६ सय ५६ मत ल्याइन् । उनकी निकटतम प्रतिद्वन्द्वी राधिका पौडेलले १ हजार ४ सय ८० मत ल्याइन् ।

दलित महिला सदस्यमा पनि काँग्रेसकै इन्द्रकला कामी निर्वाचित भएकी छन् । कामीले १ हजार ५ सय ६२ मत ल्याइन् । प्रतिद्वन्द्वी एमालेकी सरु विश्वकर्माले १ हजार ५ सय १४ मत ल्याइन् ।

खुल्ला सदस्यमा नेपाली काँग्रेस र नेकपा एमाले १/१ सदस्य जिते । पोखरा महानगरपालिका वडा नम्बर २८ मानबहादुर जिसीको वडा हो । अघिल्लो पटक एमालेले जितेको वडामा सयपटक नेपाली काग्रेसले जितेको हो ।



Tags: , , ,