पोखरा महानगरपालिका वडा नम्बर १६ को मतगणना शुरु

-


     क्लिक गण्डकी     
     जेठ ६ गते २०७९ मा प्रकाशित


मतगणना

मतगणना

पोखरा, ६ जेठ/ पोखरा महानगरपालिका वडा नम्बर १६ को मतगणना शुरु भएको छ । अहिले पोखरा वडा नम्बर १०, ११, १४, १५, २७, २८ र २९ गणना भइरहेको छ ।

अहिले सम्म पोखरा महानगरपालिकाको मेयर पदमा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले मतान्तर झनै बढाउँदै लगेका छन् । आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर ३ हजार ३ सय ८१ मत पु¥याएका छन् ।

६६ हजार २ सय १९ मत गणना हुदाँ आचार्यले २६ हजार ७ सय ४० मत प्राप्त गरेर अग्रता कायम राखेका छन् । उनलाई एमालेका कृष्ण थापाले २३ हजार ३ सय ५९ मत ल्याएर पछ्याईरहेका छन् ।

उपमेयरमा नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले झिनो अग्रता लिइरहेकी छन् । उनले नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङलाई ६१ मतान्तरले पछि पार्दै अग्रता लिएकी हुन् ।

नेपाली काँग्रेसकी कोपिला रानाभाटले २६ हजार ८ सय ७५ मत ल्याएर अग्रता लिएकी छन् । उनलाई एमालेकी मञ्जुदेवी गुरुङले २६ हजार ८ सय १४ मत ल्याएर पछ्याईरहेकी छन् ।



Tags: , ,