पोखरामा ६४०११ मत गणनाः धनराज ३१६६ मतले अगाडी

-


     क्लिक गण्डकी     
     जेठ ६ गते २०७९ मा प्रकाशित


पोखरा, ६ जेठ/ पोखरा महानगरपालिकाको मेयर पदमा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले मतान्तर झनै बढाउँदै लगेका छन् । आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर ३ हजार १ सय ६६ मत पु¥याएका छन् ।

६४ हजार ३२ मत गणना हुदाँ आचार्यले २६ हजार ४ सय ११ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् । उनलाई एमालेका कृष्ण थापाले २३ हजार २ सय ४५ मत ल्याएर पछ्याईरहेका छन् । त्यस्तै राप्रपाका शंकर खरालले २ हजार ७ सय ३ र लौरो चिन्नका उम्मेदवार खड्कराज (गनेश) पौडेलले १ हजार ५ सय ७७ मत प्राप्त गरेका छन् ।

उपमेयरमा नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले झिनो अग्रता लिइरहेकी छन् । उनले नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङलाई ६६ मतान्तरले पछि पार्दै अग्रता लिएकी हुन् ।

नेपाली काँग्रेसकी कोपिला रानाभाटले २६ हजार ६ सय ४४ मत ल्याएर अग्रता लिएकी छन् । उनलाई एमालेकी मञ्जुदेवी गुरुङले २६ हजार ५ सय ७८ मत ल्याएर पछ्याईरहेकी छन् । राप्रपाकी रञ्जना सेनले २ हजार ५ सय ८ मत प्राप्त गरेकी छन् ।



Tags: , , ,