पोखरामा धनराजलाई १४४८ मतको अग्रता

-


     क्लिक गण्डकी     
     जेठ ३ गते २०७९ मा प्रकाशित


धनराज आचार्य

धनराज आचार्य

पोखरा, ३ जेठ/ पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर बढाउँदै लगेका छन् । सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर १ हजार ४ सय ४८ पु¥याएका हुन् ।

अहिले सम्म २२ हजार ४ सय ६० मत गणना सम्पन्न हुँदा आचार्यले ९ हजार ४ सय २ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् । उनलाई एमालेका कृष्ण थापाले ७ हजार ९ सय ५४ मत ल्याएर पछ्याईरहेका छन् ।

त्यस्तै राप्रपाका शंकर खरालले १ हजार ८१ र स्वतन्त्रका अटेरी उम्मेदवार गनेस पौडेलले ६ सय ३ मत प्राप्त गरेका छन् ।

उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले अग्रता कायम राखेकी छन् । रानाभाटले एमालेकी मञ्जुदेवी गुरुङसँगको मतान्तर ५ सय ६५ पु¥याएकी छन् । रानाभाटले ९ हजार ६ सय ७९ मत प्राप्त गरेकी छन् भने एमालेकी गुरुङले ९ हजार ४० मत ल्याएर पछ्याईरहेकी छन् । राप्रपाकी रञ्जना सेनले ९ सय ३३ मत प्राप्त गरेकी छन् ।



Tags: , ,